कुसियैतको घरदैलो भोक्राहामा उम्मेदवारहरु मत माग्न व्यस्त
पपु यादव । इनरुवा
इनरुवा, कात्तिक १८ गते । सुनसरीको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं.४ बाटा उम्मेदबार बन्नुभएका एमालेका उम्मेदबार जगदिश प्रसाद कुसियैत भोक्राहा नरर्सिहमा घरदैलो गर्नुभएको छ । यहाँ सत्ता गठबन्धन र नेकपा एमालेको गठबन्धनका उम्मेदवारहरु सहित २५ जना मैदानमा रहेकोमा शुक्रबार बिहानैबाट कुसियैत भोक्राहामा मत माग्न व्यस्त बन्नुभएको छ । जसपा र एमाले सहितको गठबन्धनका उम्मेदबार तथा पूर्व प्रदेश नं.१ का पर्यटन बन तथा उद्योग मन्त्री जगदीश प्रसाद कुसियैतले जनता न्यायधिश भएकाले उहाँहरुसंग न्यायका लागि मतदान गर्न आग्रह सहित घरदैलोमा रहेको बताउनुभएको छ ।




विहीबारदेखी भोक्राहा नरसिंहको गाउँक्षेत्रबाट मत माग्न घरदैलो थाल्नुभएको कुसियैतले तेस्रो दिन भोेक्राहा नरसिंह ६ मा घरदैलो गर्नुभएको छ । काग्रेसका ज्ञानेन्द्र बहादुर कार्की र कुसियैत दुवैले एक पटक आफूलाई चुनाव जिताउन आग्रह गर्दै मतदाताको घरदैलौमा व्यस्त बन्नुभएको छ । कार्की र कुसियैत बीचमा कडा प्रतिस्प्रधा हुने आकलन गरिएको छ । केही स्थानीयहरुले कुसियत मन्त्री हुँदा आफ्नो क्षेत्रमा राम्रो काम गरेको दावी गर्छन भने काग्रेंसका केही नेता कार्यक्रर्ता र सहयोगीले कार्कीले राम्रो काम गरेको दावी गरेका छन् । साख मतदाताको कुरा भने विकास, सुशासन र समृद्धि अनि रोजगार सृजना गर्ने र मल खाद्ध दिनेलाई मतदान गर्ने बताएका छन् ।
त्यसैगरी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का उम्मेदवार कुञ्जी लाल यादवले पनि आफु बलियो दाबेदार रहेको जिकिर गर्दै घरदैलोमा व्यस्त बन्नुभएको छ । त्यस्तै राप्रापाका उम्मेदबार विद्यान्नद यादव समेत सोही क्षेत्रमा आफु जित्ने दाबी गर्दै चुनाबी प्रचारप्रसार अभियानलाई बाक्लो बनाउनुभएको छ । यादवले आफुहरु जनताको साझा मुद्धा शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, रोजगारलाई प्राथमिकतामा राखी घरदैलौमा जुटेको बताउनुभयो ।
