दिनेश यादव । सुनसरी

सुनसरीका किसानहरु धान काट्नमा व्यस्त बनेको बेला उम्मेदबारहरु घरदैलो थाल्नुभएको छ । मतदाताको घरमा सुनसरी क्षेत्र नंसर ४ (ख) प्रदेश सभा सदस्यका उम्मेदवार हाजि इसराईल मंसुरी सहितका उम्मेदबारहरु भोट माग्न पुग्नुभएको छ ।

उम्मेदबार मंसुरीले आफूलाई भोट दिन आग्रह गर्दै सहयोगी र सहकर्मी सहित शुक्रबार इनरुवा नगरपालिका ८ डुम्राहामा भोट माग्न घरदैलो गर्नुभएको छ । मंसिर ४ गते हुन लागेको निर्वाचन आउन केवल दुई हप्ता मात्र बाँकी रहेकाले आफू राजनीतक दल तथा गठबन्धका साथीहरु सहति भोट माग्न गाउँघरमा घरदैलो गरीरहनुभएका मंसुरीले विकास र जनभावनको कदर गर्न चुनावी मैदानमा रहेको बताउनुभएको छ । सुनसरीको निर्वाचन क्षेत्र नम्बर ४ प्रतिनिधि सभा नेपाली कांग्रेस तर्फका उम्मेदवार ज्ञानेन्द्र बहादुर कार्की र प्रदेश ४ (ख) का उम्मेदवार मंसुरी सहितका जनताको घरघरमा पुग्नुभएको बताइएको छ ।