सुनसरीमा निर्वाचनको माहोल बन्दै गएको छ । निर्वाचन क्षेत्र नं. २(ख)का नेकपा एमालेका उम्मेदबार आसन्न प्रदेश सभा सदस्य र प्रतिनिधि सभा सदस्यको निर्वाचनमा मतदानका लागि अपिल गर्दै घरदैलो कार्यक्रम तिव्र पारेको छ । उम्मेलबारहरुले स्थानीय तहको वडा वडा र टोलटोलमा निर्वाचनमा प्रचार अभियानलाई तीब्र बनाएको छ ।


सुनसरी निर्वाचन क्षेत्र नं. २(ख)का नेकपा एमालेका उम्मेदबार रामप्रसाद मेहताले इनरुवा ९ बबियामा एमाले र जसपाका उम्मेदवारहरूलाई मतदान गर्न आग्रह गर्नुभयो । मेहताले ‘सुशासन, समृद्धि र समाजवादको आधार, समृद्ध नेपाल सुखी नेपाली’ भन्ने मूल नाराका साथ प्रचार अभियानमा मतदाताहरुका घरदैलोमा पुग्ने क्रम जारी रहेको बताउनुभएको छ ।


‘घरदैलो’ कार्यक्रममा सहभागी मेहताले जनताले उठाएको सबै समस्यालाई निर्वाचित भएपछि सम्वोधन गर्ने प्रतिवद्धता व्यक्त्त गर्नुभयो । उम्मेदवार मेहताले सुशासन, समृद्धि, विकास निर्माण लगायतका शिक्षा, स्वास्थ्य, खेलकूद, खानेपानी र सिचाई लागयत क्षेत्रमा आवश्यकताका आधारमा सन्तुलित विकास गर्ने प्रतिवद्धता प्रकट गर्नुभयो । यस्तै कार्यक्रमका प्रमुख अथिति एमालेका सुशासन विभाग सदस्य पोष्ट कुमार नोपलेले एमालेका उम्मेदवारलाई मतदान गर्न आग्रह गर्नुभयो ।
पार्टीका जिल्ला सचिव पर्शुराम यादवका अनुसार कोणसभा लगायत घरदैलो अभियान सञ्चालन गरेको र टोलटोलमा अभियान जारी रहेको छ ।