जनता जागरुक भएकाले जित सुनिश्चित ः कुसियैत
नेकपा एमालेका केन्द्रिय सदस्य एवम् सुनसरी क्षेत्र नं. ४ प्रतिनिधि सभा सदस्य उम्मेदबार जगदिश प्रसाद कुसियैतले जनता जागरुक भएकाले एमालेको जित सुनिश्चित भएको बताउनुभएको छ ।

विहीबार चुनावी अभियानका क्रममा सुनसरीको सीमावर्ती हरिनगर गाउँपालिका ७ घुस्कीमा पार्टी प्रवेश तथा चुनावी भेलालाई सम्बोधन गर्नुहुदै कुसियैगले पर्यटक उम्मेदबार र विकासप्रेमी स्थानीय नेताका बारेमा जनता जानकार र जागरुक भएकाले एमालेको जित सुनिश्चित भएको बताउनुभएको हो । नेपाली काग्रेंसले २००७ सालदेखी हालसम्म जनतालाई ठाट्दै भोट लिएकाले अव नागरिकको चेतनास्तर बढेको र जागरुक भएकाले ठगी गर्ने पार्टीमा बस्ने भन्दा दलहरु त्यागेर दुई सय बढी स्थानीयहरु एमालेमा प्रवेश गर्नुले पनि जित्ने सकेतलाई बल पुगेको बताउनुभयो ।
उता सुनसरीको सीमावर्ती हरिनगर गाउँपालिका ७ घुस्कीमा नेपाली काग्रेंस सहितको दलहरु त्यागेर दुई सय बढी स्थानीयहरु एमालेमा प्रवेश गरेका छन् । सुनसरी निर्वाचन क्षेत्र नं. ४ मा चुनावको मिती नजिक आएसगै विभिन्न दल परित्याग गरि नेकपा एमालेमा प्रवेश गर्नेहरुको लहर चलेको छ । विहीबार मात्रै सेराजुद्धिन जट सहित दुई सय जना एमालेमा प्रवेश गरेका छन् ।
नेकपा एमालेका प्रतिनिधि सभा सदस्य उम्मेदवार जगदिश प्रसाद कुसियैत र प्रदेश सभा सदस्य उम्मेदबार हाजी आबास अंसारी सहितको उपस्थितीमा इरर्फान आलम, सहिद आलम, समसिर , समसाद, हसबुदिन, तजरेज, बादुदिन जट, इद्रिश , अहसान, इसलाम, सुलेमान, मोजिम, हसबुल, तबरेज, अब्बदुल सत्तार, हामिस अंसारी, कासिम अंसारी, रिजवान अंसारी सहितका काग्रेंस त्यागेर एमालेमा प्रवेश गर्नुभएको छ ।
सत्तागठन्धका नेपाली काग्रेंसका नेताहरु सहित नेकपा एकिकृत समाजवादी, नेकपा माओवादी केन्द्र समेत घरदैलोमा रहेको बेला नेपाली काग्रेसका असन्तुष्ट नेता कार्यकर्ताहरु एमालेमा प्रवेश गरेका छन् ।
कार्यक्रममा नेकपा एमालेका स्थानीय नेता अक्रम अलिले विकासको मुहान ल्याउने पार्टी, जनभावान बुझने पार्टी एमाले भएकाले अन्य पार्टी त्यागेर पार्टी प्रदेश गरेको बताउनुभयो । उहाँले नेपाली काग्रेंसबाट आजित भएका र पीडित भएका ठगिएका कार्यकर्ताहरुको एमालेमा प्रवेश गर्ने लहर चलेको बताउनुभयो ।







नेकपा एमालेका नवप्रवेशी मोहन यादवका अनुसार काग्रेंस सहित विभिन्न राजनितिक दलमा रहेका हरिनगर गाउपालिकाबाट दुई सय जना पार्टी प्रवेश गरेका छन् । यसअघि पनि भोक्राहाबाट एक सय ५० जना, बराहक्षेत्र नगरपालिकाबाट ५० जना र हरिनगर गाउपालिकाबाट १ सयजना नेकपा एमालेमा प्रवेश गरेका थिए ।
स्थानीय तहको निर्वाचनमा भोक्राहा–नरसिह गाउपालिकामा लोसपाबाट उपाध्यक्षको उम्मेदवार रहनुभएका नितु मेहता सहित एमालेमा प्रवेश गर्नुभएको थियो ।
यसअघि पनि नवप्रवेशीहरुलाई एमालेका प्रतिनिधिसभाका उम्मेदवार जगदिश कुसियैत र प्रदेशसभाका उम्मेदवार अब्बास अन्सारीले अविर टिका गम्छा लगाएर स्वागत गर्दै आगामी दिनको राजनितिक जिवन सफलतातर्फ अगाडी बढाउन शुभकामना दिनुभएको थियो ।
उम्मेदवार जगदिश कुसियैतले यसक्षेत्रको विकासका लागि यहाका जनताको दुख समस्या बुझेको व्यत्तीलाई जनप्रतिनिधिका रुपमा चुनाव जिताउन क्षेत्रवासी सचेत भएकाले एमाले गठबन्धनका उम्मेदवारले यसपटक चुनाव जित्ने दावी गर्नुभयो ।
प्रदेशसभाका उम्मेदवार अब्बास अन्सारीले नेपाली काग्रेस लगायतका पार्टीमा रहेका सयौ कार्यकर्ताहरु एमालेमा प्रवेश गर्ने लहर चलेकाले एमालेका उम्मेदवारलाई भारी बहुमतका साथ चुनाव जिताउन मतादाताहरु लागेको दावी गर्नुभयो ।


एमालेका नेता लस्करी अंसारीले हरिनगर गाउपालिकाबाट खुलेर सार्वजनिक रुपमा एमाले प्रवेश गर्नेहरु भन्दा भित्र भित्रै एमालेका उम्मेदवार जिताउने अभियानमा विभिन्न दलका नेता कार्यकर्ताहरु लाग्ने क्रम बढदै गएको बताउनुभयो ।
एमालेले सुनसरी ४ नम्बर क्षेत्रको सवै वडामा आयोजना गरिने घरदैलौ र चुनावी प्रचार प्रसार अभियानमा वडा स्तरको सभाको आयोजना गरि एमालेमा प्रवेश गराउने योजना ल्याएकाले मौन अवधीसम्म ५ हजार बढी विभिन्न दलका कार्यकर्ताहरु एमालेमा आउने पार्टीका कार्यकर्ताहरुको दावी रहेको छ ।
कार्यक्रममा जनता समाजवादी पार्टी हरिनगर अध्यक्ष धर्मबीर आर्यले स्थानीय नेता, विकासको पक्षमा काम गर्ने , देशको हितमा ऐन कानुन बनाउने, देशको सीमा रक्षा गर्ने एमाले र जसपा गठबन्धन रहेकाले जनताको उत्साह बढेको बताउनुभयो ।https://www.youtube.com/watch?v=xdwXgMnSraU
https://www.youtube.com/watch?v=xdwXgMnSraU
उता फरक प्रसंगमा प्रदेश १ का निवर्तमान २९ जना सांसदहरू पुनः प्रदेशसभामै उम्मेदवार बनेका छन् । प्रदेशका दुई मुख्यमन्त्री र दुई मन्त्री गरी ४ जना भने प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका हुन् ।
९३ सदस्यीय प्रदेशसभामा अघिल्लो निर्वाचनमा ४१ सांसद जितेको नेकपा एमालेबाट यसपटक सबैभन्दा बढी १३ जना सांसदले दोहोरिएर उम्मेदवारी दिएका छन् । २१ सांसद रहेको नेपाली कांग्रेसबाट ४ जना, १६ सांसद रहेको माओवादीका ७ जना, १० सांसद रहेको नेकपा (एस) का ४ जना र ३ सांसद रहेको जनता समाजवादी पार्टी (जसपा) बाट एकजना दोहोरिएर उम्मेदबार बनेका हुन् ।
एमालेबाट प्रदेशसभामै दोहोरिनेहरूमा मोरङ–२ प्रदेशसभा (२) मा लिलाबल्लभ अधिकारी, मोरङ–४ प्रदेशसभा (ख) मा जीवन घिमिरे, ओखलढुंगा (१) मा अम्बिरबहादुर गुरुङ, तेह्रथुम (२) बाट तेजमान कन्दङ्वा र इलाम–२ को प्रदेशसभा (२) मा राम रानाले उम्मेदवारी दर्ता गराएका छन् । अधिकारी, घिमिरे, गुरुङ र राना प्रदेश १ को मन्त्री भइसकेका एमालेका नेताहरू हुन् ।
त्यसैगरी सोलुखुम्बु र धनकुटाको दुवै प्रदेशसभा क्षेत्रबाट निर्वाचित भएका एमालेका निर्वतमान सांसदहरू यसपटक पनि दोहोरिएर उम्मेदवार बनेका छन् । सोलुबाट अघिल्लो पटक निर्वाचित भएका उत्तम बस्नेत र बुद्धिकुमार राजभण्डारीले दोस्रो कार्यकालका लागि उम्मेदवारी दर्ता गराएका हुन् । बस्नेत प्रदेश १ को उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री भएका थिए । राजभण्डारीले भने एमाले संसदीय दलको प्रमुख सचेतक भएर ५ बर्ष काम गरेको अनुभव बटुलेका छन् । एमालेबाटै धनकुटा (१) बाट निरन राई र (२) बाट इन्द्रमणि पराजुली दोहोरिए । पराजुली प्रदेशसभाको न्याय प्रशासन तथा विधायन समितिको सभापति भइसकेका छन् ।
झापा–२ (१) मा एकराज कार्की, झापा–३ (१) मा बसन्त बानियाँ, झापा–५ (१) मा हिक्मतकुमार कार्कीले मनोनयन दर्ता गरेका हुन् । उनीहरू मध्ये कार्की पहिलो प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुनमन्त्री समेत रहेका छन् । प्रदेशमै दोहोरिन टिकट समेत पाइसकेका एमालेका निवर्तमान सचेतक विमल कार्की भने अन्तिम समयमा टिकट फेरिएपछि उम्मेदबार बन्नबाट बञ्चित भए ।यता एमालेकी एक सांसदले भने पार्टी बदलेर प्रत्यक्षतर्फ उम्मेदवारी दिएकी छन् । सामानुपातिक सांसद बसन्तीदेवी यादवले आफ्नो नाम प्रत्यक्षतर्फ एक नम्बरमा सिफारिस भएर गएको भए पनि अन्तिममा नाम काटिएको भन्दै हाम्रो नेपाल पार्टीबाट मोरङ–५ को प्रदेशसभा क्षेत्र (२) मा उम्मेदवारी दिएकी हुन् ।
नेपाली कांग्रेसका संसदीय दलका नेता राजीव कोइराला पनि अन्तिममा प्रदेशमै दोहोरिए । सुनसरी क्षेत्र नं. २ (२) बाट यसअघि निर्वाचित भएका कोइराला प्रतिनिधिसभा सदस्य लड्ने तयारी गरे पनि टिकट नपाएपछि पुनः प्रदेशमै थन्किएका हुन् । ६ जना सांसद रहेको सुनसरीबाट कोइराला मात्रै दोहोरिएका छन् ।
मोरङ–३ (१) बाट शेखरचन्द्र थापा, मोरङ–६ (२) बाट केदार कार्की र उदयपुर–१ (२) बाट हिमाल कार्की कांग्रेसबाट दोहोरिएर उम्मेदवार बनेका छन् । समानुपातिक सांसद रहेका थापा यसपटक प्रत्यक्षतर्फ चुनाव लड्दैछन् । थापासहित तिनैजना वर्तमान काम चलाउ सरकारका मन्त्री पदमा बहाल छन् ।
माओवादी केन्द्रबाट संसदीय दलका नेता तथा वर्तमान सरकारका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो पनि पुनः पाँचथर (ख) बाट चुनाव लड्दैछन् । प्रदेश १ सरकार गठन भएयता उनले सवैभन्दा बढि अवधि मन्त्री बन्ने अवसर पाएका छन् ।
माओवादीबाट झापा–३ (२) मा पूर्णसिंह राजवंशी, झापा–४ (१) मा झलक बहादुर मगर दोहोरिएका छन् । दर्लामी अहिले कृषि मन्त्रीमा बहाल छन् । मोरङ–१ को प्रदेशसभा (१) बाट कुलप्रसाद साम्बा, सुनसरी–३ (१) बाट सरस्वती पोखरेल, धनकुटा (२) बाट कुसुमकुमारी श्रेष्ठ र उदयपुर–१ (१) बाट उम्मेदवार बनेका नारायण बुर्जा मगर पनि पहिलो प्रदेशसभाकै सांसद हुन् । सुनसरीकी पोखरेल भने पाँच बर्ष प्रदेशसभाको उपसभामुख भइसकेकी छन् । उनी यसअघि समानुपातिक सांसद थिइन् ।
नेकपा (एकीकृत समाजवादी) बाट मुख्यमन्त्री बनेका राजेन्द्रकुमार राई प्रतिनिधिसभामा जाने इच्छा हुँदाहुँदै पनि प्रदेशमै दोहोरिएका छन् । २०७४ को प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा एमालेबाट निर्वाचित भएका राई भोजपुर–१ (१) बाटै उम्मेदवार बनेका हुन् ।
त्यस्तै इलाम–१ को (२) बाट खिनु लङ्वा लिम्बु, मोरङ–१ को (२) बाट उपेन्द्र प्रसाद घिमिरे र संखुवासभा (२) बाट सरिता थापा उम्मेदवार बनेका छन् । इलामकी लिम्बु र मोरङका घिमिरे वर्तमान सरकारका मन्त्री पदमै बहाल छन् । समानुपातिक सांसद रहेकी थापा प्रदेशसभाको सामाजिक विकास समितिको सभापति भएर पाँच बर्ष गुजारेकी छन् । उनले यसपटक प्रत्यक्षतर्फ चुनाव लड्न लागेकी हुन् ।
दुई मुख्यमन्त्री प्रदेशबाट संघमा
प्रदेश १ का दुई मुख्यमन्त्री र दुई मन्त्री प्रतिनिधिसभा सदस्यको चुनावी मैदानमा उत्रिएका छन् । संघीयता कार्यान्वयनपछिको पहिलो मुख्यमन्त्री बनेका एमाले स्थायी कमिटी सदस्य शेरधन राई र दोस्रो मुख्यमन्त्री भीम आचार्य संघमा गएका हुन् ।
राई भोजपुरबाट चुनाव लड्दैछन् । उनी अघिल्लो पटक बाम गठबन्धनबाट निर्वाचित भएका माओवादी केन्द्रका सुदन किराँतीसँग भिड्दैछन् । आचार्य भने सुनसरी–२ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका हुन् । सुनसरी–१ को प्रदेशसभा (२) बाट निर्वाचित भएका आचार्यले कांग्रेसका सिताराम मेहतासँगको भिड्न तय गरेका हुन् ।
दुई मुख्यमन्त्री बाहेक सुनसरीकै जगदीश प्रसाद कुसियैत र खोटाङका रामकुमार राई पनि प्रतिनिधिसभाको भिडन्तमा उत्रिएका छन् । यसअघि सुनसरी–४ (१) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका कुसियैत क्षेत्र नं. ४ बाटै भिड्दैछन् । प्रदेश १ को उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री भइसकेका कुसियैत र संघीय सरकारका सूचना प्रविधि तथा संचारमन्त्री समेत रहेका कांग्रेस नेता ज्ञानेन्द्र बहादुर कार्कीबीच टक्कर हुने भएको छ ।
खोटाङ (२) बाट प्रदेशसभा सदस्य निर्वाचित भएका माओवादीका रामकुमार राई अहिले प्रदेश सरकारकै खानेपानी तथा सिंचाई मन्त्री छन् । उनले नेकपा एमालेका नेता एवं सोही क्षेत्रबाट निर्वाचित भएका निवर्तमान प्रतिनिधिसभा सदस्य विशाल भट्टराईसँग भिड्ने निश्चित गरेका हुन् ।
