इनरुवा, कात्तिक २४ गते । सुनसरीमा नेपाली काग्रेंस सहितको सत्ता गठबन्धन र एमाले सहितको प्रतिपक्षी गठबन्धनको उम्मेदबारहरु घरदैलोमा व्यस्त भएका छन् । उम्मेलारहरुले साझाँ मुद्धा शिक्षा, स्वास्थ्य, सिचाई र कृषि सहितको विकासको काम गर्ने आश्वासन दिदै भोट माग्न घरदैलोमा व्यस्त भएका छन् ।


सत्ता गठबन्धनबाट नेपाली काग्रेंसको तर्फबाट प्रतिनिधिसभा सदस्यमा सुनसरी क्षेत्र नं. २ बाट सीताराम मेहता अहिले घरदैलो कार्यक्रममा व्यस्त रहनुभएको छ । त्यसैगरी एमालेका उम्मेदबार भिमप्रसाद आचार्यले पनि आफ्नो मतदाताको घरमा घरदैलो कार्यक्रममा व्यस्त रहनुभएको छ । आगामी मंसिर ४ गते हुने प्रदेश सभा तथा प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि काग्रेंसका मेहतालाई तेस्रो पटक पुनः गठबन्धनको साथमा कांग्रेसले उम्मेदवार बनाएको छ । गरिबको लोकप्रिय नेताको रूपमा छवि बनाउनुभएका मेहताले अघिल्लो निर्वाचनमा ‘गरिबको नेता, सीताराम मेहता’ भन्ने नारा झनै चर्चित बनेका थिए । जनतामाझ सरल, इमानदार र स्वच्छ छवि भएका मेहताले आफूले सहज रूपमै चुनाव जित्ने दावी गर्नुहुदै मत माग्न व्यस्त बन्नुभएको छ । उहाँले भन्नुभयो, ‘मैले यसअघि थुप्रै विकासका काम गरेको छु, अब युवाको हितका निम्ति काम गर्छु । भौतिक विकास मात्रै नभई, शिक्षा, स्वास्थ्य, रोजगारीका क्षेत्रमा पनि विशेष चासो लिएको छु ।’ अघिल्लो निर्वाचनमा जितेर राम्रा काम गरेकै कारण पार्टीले पुनः उम्मेदवार बनाएकाले आफूले गठबन्धनको साथका कारण पनि चुनाव जित्न सहज हुने बताउनुभयो । ‘गठबन्धनका साथीहरूलाई कांग्रेसले इमानदारपूर्वक मत हाल्छ, कांग्रेसलाई पनि गठबन्धनको मत आउँछ, चुनाव जित्नेमा दुईमत छैन’ उहाँले भन्नुभयो, ‘चुनाव जित्नेमा कुनै शंका नै छैन, तर मैले चुनाव जित्न मात्रै निर्वाचनमा होमिएको होइन, विकास निर्माणका काम बाँकी भएकाले चुनावी मैदानमा छु ।’ उहाँले आँफूले जनतासमक्ष गरेका चुनावी बाचा बाँकी नै रहेकाले पुनः चुनावी प्रतिष्पर्धामा होमिएको सुनाउनुभयो । यसअघि २०७४ को निर्वाचनमा मेहताले वाम गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका हिमाल सुवेदीलाई पराजित गर्नुभयो भएको थियो । मेहताले ४१ हजार ४९५ मत ल्याउँदा पराजित सुवेदीको पक्षमा ३५ हजार ३४९ मत आएको थियो ।यसपाली रोचक के छ भने माओवादी पनि काग्रेंस गठबन्धनमा भएकाले जित्न सहज हुनो दावी उम्मेदबारका सर्मथकहरुको छ ।
यसै क्षेत्रबाट नेकपा एमालेका उम्मेबादर भिमप्रसाद आचार्यले विगत दुई कार्यकालमा मेहताले जनभावनाको काम गर्न नसेकाले विकास र सुशासनका लागि मतदाताको आग्रहमा उम्मेदबार भएकाले जित्नेमा कुनै शंका रहने दावी गर्नुभएको छ । आचार्यले आफू छोटो समयको संघीय मन्त्री र प्रदेश मुख्य मन्त्रीको बखतमा गरेको राम्रा काम र योजनाबाट प्रभावित भएर मतदान गर्ने जिकिर गर्दै घरदैलोमा रहनुभएको छ ।


यसैबीच सुनसरी निर्वाचन क्षेत्र नं. २ (ख) प्रदेश सभा सदस्यका नेपाली काग्रेंसको तर्फबाट उम्मेदबार राजिव कोईराला पनि अहिले विहानैदेखी रातीसम्म घरदैलो कार्यक्रममा व्यस्त रहनुभएको छ ।

त्यसैगरी एमालेका उम्मेदबार रामप्रसाद मेहताले पनि आफ्नो मतदाताको घरमा घरदैलोमा व्यस्त रहनुभएको छ । काग्रेंसका उम्मेदबार कोईरालालाई मतदाताहरुले भावि मुख्य मन्त्रीको रुपमा लिदै मतदान गर्ने बाचा दिइरहेका छन भने एमालेका उम्मेदबार मेहतालाई पनि केही मतदाताले आफूहरुको समुदायको नेता र विगतमा हारेकाले यसपाली जिताउने बाचा दिईरहेका छन् ।
कोईराला र मेहताको घरमा घरदैलो कार्यक्रममा सहभागीहरु र मतदाताहरुले दुवै नेता असल भएको दावी गर्दै मत माग्न व्यस्त भएको बताएका छन् ।
कोईरालाले विहीबार इनरुवा ९ बबियामा नेपाली काग्रेंस र नेकपा माओवादी केन्द्रका सदस्यहरुको साथ प्रतिनिधिसभा सदस्यमा सीताराम मेहता र प्रदेश सभा सदस्यमा आफूलाई मतदान गर्न आग्रह गर्दै घरदैलो कार्यक्रममा बन्नुभएको छ । कोइरालाले आफूले पहिलो कार्यकालमा गरेको कामबाट प्रभावित भएर आफूलाई मतदाताहरु आतुर रहेको मतदाताको घरमा घरदैलोको क्रममा पाइएको बताउनुभयो । कोईराला आफ्नो क्षेत्रमा छोटो समयमा धेरै काम गरेको र सबै भन्दा बढी जनताको भावनाको अनुकुल रहनुभएकोले मतदाता पनि स्तःस्र्फूत रुवमा घरदैलो कार्यक्रममा सहभागी भएको स्थानीय श्यामसुन्दर साहले बताउनुभयो ।
इनरुवा ९ बबियामा काग्रेंसको पक्षमा जनलरह रहेको अर्का स्थानीय मतदाता असोक कुमार यादवले बताउनुभयो । कोईराला सालिन व्यत्तित्व, असल विचार र स्वक्ष छवीका नेता भएको र जनताको भावना बुझ्ने विकास प्रेमी समेत रहनुभएकाले मंसिर ४ गतेको मतदानको प्रतिक्षामा रहेको यादवको भनाई छ । कोईरालाले जहिले जनताको पक्षमा रहनुभएको र विकासमा काखापाखा नगर्ने सरल व्यत्तित्व अनि सबैलाई समान व्यवहार गर्ने भएकाले पार्टीबाट मात्र नभई अरु पार्टीका मतदाताहरुले समेत मतदान गर्ने अर्का स्थानीय भोलादेवी यादवले बताउनुभयो ।
एमालेका उम्मेदबार रामप्रसासद मेहता अवसरवादी नेता भएको, नेपाल रेडक्रस सोसाईटी जस्तो सेवामुलक संस्थामा पनि अनियमतिता गरेको, जनताको कृषिसंग जोडिएको नहर सिचाईमा अनियमितता गरेको र काम भन्दा बढी कमिसन खाने काममा लागेकाले मतदाता रुष्ट बनेका मतदाता एसएन मेहताले बताउनुभयो । मेहताका अनुसार अवसरबादी नेता रामप्रासद मेहताले आफूले काग्रेंसमा हुदाँ पनि व्यक्तिगत र पारिवारीक अवसर मात्रै खोजेर लाभ लिएको र अहिले एमालेमा पनि आफ्नो स्वार्थपुर्तीका उम्मेदबार भई सबै मेहता समुदायको भोट लिने दिवा सपना र झुठो आश्वासन सहित मैदानमा रहेकाले मतदाताले त्यसको जवाफ दिने दावी गर्नुभयो ।
उम्मेदबार मेहताले भने आफूले गरेको समाजसेवा र पदमा नभएर पनि गरेको योगदानको कदर गरेर मतदातले मत आफूलाई हाल्ने दावी गर्नुभएको छ ।
मेहताले मङ्सिर ४ गते निर्वाचनको लागि ११ दिन मात्रै बाकी रहेकाले वडा, टोल, गाउँ तथा नगर प्रचारप्रसार समिति, निर्वाचन परिचालन समिति सहित चुनावी घरदैलो अभियानमा होमिएको बताउनुभयो । मेहतालाई मतदाताले स्थानीय माटोपानी र रहनसनसगैं राष्टको मुल पार्टीको उम्मेदबार, विकासप्रेमी, जनभावना बुझने र एमाले र जनता समाजवादी सहित राष्टिय पार्टीका साझाँ उम्मेदबार भएको भन्दै सहयोग गर्ने प्रतिकृया दिएको एमालेका उपेन्द्र यादवले बताउनुभयो । मेहताले पनि केहीदिनयता जनताको घरदैलौमा वडा, टोल, गाउँ तथा नगर निर्वाचन परिचालन समिति तथा प्रचारप्रसार समिति गठन गर्ने क्रममा जादाँ जनलहर आफू तिर रहेको पाएको दावी गर्नुभएको छ ।
राजनीतिक र समाजसेवा लागेका, विकास र समतामुलक देश निर्माणको सकारात्मक सोच भएका नेता भएको र स्थानीयहरुको ढुकढुकी रहनुभएका मेहता जनताको भावना बुझ्न घरदैलौमा पुग्नुभएको जनता समाजवादी पार्टीका इनरुवा ९ का नेता रामकुमार यादवले बताउनुभयो । जनभावना बुझ्न घरदैलौमा पुग्नुभएको अर्का एमालेका नेता डम्बरुबल्भ भण्डारीले बताउनुभयो ।