जयकृष्ण यादव । इनरुवा
इनरुवा, कात्तिक २४ गते । सुनसरीमा नेपाली काग्रेंस सहितको सत्ता गठबन्धन र एमाले सहितको प्रतिपक्षी गठबन्धनको उम्मेदबारहरु घरदैलोमा व्यस्त भएकोको बेला प्रदेश सभा सदस्य सुनसरी निर्वाचन क्षेत्र नं.(ख) मा नेपाली काग्रेंसका उम्मेदबार राजिव कोईरालाको चर्चा बढी भएको छ ।

भावि प्रदेशका मुख्यमन्त्रीको रुपमा उम्मेदार कोईरालालाई दिदै स्थानीयहरुले उत्साहित भएर मतदान गर्न आतुर रहेको बताएका छन् । स्थानीयहरुले साझाँ मुद्धा र उम्मेदबार समेत भएकाले कोईरालालाई जिताएर यहाँको शिक्षा, स्वास्थ्य, सिचाई र कृषि सहितको विकासको काम गर्ने नेता र भावि मुख्यमन्त्री समेत बन्ने भएकाले भोट माग्न घरदैलोमा व्यस्त रहनुभएका कोईरालालाई मतदान गर्ने प्रतिवद्धता जनाएका छन् ।
सत्ता गठबन्धनबाट नेपाली काग्रेंसको तर्फबाट प्रतिनिधिसभा सदस्यमा सुनसरी क्षेत्र नं. २ बाट सीताराम मेहता र प्रदेश सभा सदस्य उम्मेदबार कोईराला अहिले घरदैलो कार्यक्रममा व्यस्त रहनुभएको छ । आगामी मंसिर ४ गते हुने प्रदेश सभा तथा प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि काग्रेंसका मेहतालाई तेस्रो पटक र कोईरालालाई प्रदेश सभा सदस्यमा दोस्रो पटक पुनः गठबन्धनको साथमा कांग्रेसले उम्मेदवार बनाएको छ ।


सुनसरी निर्वाचन क्षेत्र नं. २ (ख) प्रदेश सभा सदस्यका नेपाली काग्रेंसको तर्फबाट उम्मेदबार राजिव कोईरालाले मतदाताको उत्साहजनक सहभागितामा अहिले दैनिक विहानैदेखी रातीसम्म घरदैलो कार्यक्रममा व्यस्त रहनुभएको छ । काग्रेंसका उम्मेदबार कोईरालालाई मतदाताहरुले भावि मुख्य मन्त्रीको रुपमा लिदै मतदान गर्ने बाचा दिइरहेका छन । कोईरालाको घरमा घरदैलो कार्यक्रममा सहभागीहरु र मतदाताहरुले नेता कोईराला योग्य, सक्षम, शिक्षित, इमान्दार, जनताको भावना बुझ्ने र असल नेता समेत भएको दावी गर्दै मतदान गर्ने बताएका छन् ।


कोईरालाले विहीबार इनरुवा ९ बबियामा नेपाली काग्रेंस र नेकपा माओवादी केन्द्रका सदस्यहरुको साथ प्रतिनिधिसभा सदस्यमा सीताराम मेहता र प्रदेश सभा सदस्यमा आफूलाई मतदान गर्न आग्रह गर्दै घरदैलो गर्नुभएको छ । कोइरालाले आफूले पहिलो कार्यकालमा गरेको कामबाट प्रभावित भएर आफूलाई मतदाताहरु आतुर रहेको मतदाताको घरमा घरदैलोको क्रममा पाइएको बताउनुभयो । कोईराला आफ्नो क्षेत्रमा छोटो समयमा धेरै काम गरेको र सबै भन्दा बढी जनताको भावनाको अनुकुल रहनुभएकोले मतदाता पनि स्तःस्र्फूत रुवमा घरदैलो कार्यक्रममा सहभागी भएको स्थानीय श्यामसुन्दर साहले बताउनुभयो ।
इनरुवा ९ बबियामा काग्रेंसको पक्षमा जनलरह रहेको अर्का स्थानीय मतदाता असोक कुमार यादवले बताउनुभयो । कोईराला सालिन व्यत्तित्व, असल विचार र स्वक्ष छवीका नेता भएको र जनताको भावना बुझ्ने विकास प्रेमी समेत रहनुभएकाले मंसिर ४ गतेको मतदानको प्रतिक्षामा रहेको यादवको भनाई छ । कोईरालाले जहिले जनताको पक्षमा रहनुभएको र विकासमा काखापाखा नगर्ने सरल व्यत्तित्व अनि सबैलाई समान व्यवहार गर्ने भएकाले पार्टीबाट मात्र नभई अरु पार्टीका मतदाताहरुले समेत मतदान गर्ने अर्का स्थानीय भोलादेवी यादवले बताउनुभयो ।