नेपाली राजनीतिकमा जिउदो शहिदको रुपमा जिवित नेता मध्येको एतिहासिक नेताका रुपमा नेपाली काँग्रेसका पूर्व उपसभापति एवं पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदार रहनुभएको छ । गच्छदारले सात दशकको आफ्नो जिवन काल मध्ये पाँच दलश राजनीतिकमै वेतित गर्दै देश र जनताको सेवामा रहनुभएकाले यसपालीको सातौ पटकको निर्वाचनमा पनि जित्ने गरि जनलहर बढेको स्थानीयहरुले बताएका छन् ।


शासक नभई जनताका सेवक भएकाले जित्ने भएपछि जनलहर बढ्दोः
देश र जनताको पक्षमा काम गर्ने सेवा गर्ने सुनसरीको साविक भलुवामा जन्मीनुभएका गच्छदारले पटक पकट जितेर देशको विकाससगैं शासक भन्दा सेवक भएर काम गरेकाले आसन्न निर्वाचनका लागि मतदाताको जनलहर देखिएको छ ।
एतिहासिक व्यत्तित्व भएका जनलहर बढ्दोः
नेपाली काँग्रेसका पूर्व उपसभापति एवं पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदार एउटा व्यक्ति र पार्टीका नेता मात्रै नभएर देशको एतिहासिक व्यक्तित्व भएकाले आसन्न निर्वाचनमा मतदाताले मतदान गर्ने तयारीमा जुटेको स्थानीय सिसी चौधरीले बताउनुभयो। चौधरीका अनुसार राज्यले पूर्वाग्रह साँधेर आफ्ना लागि कठोर समयको सिर्जना गरिदिएको भएपनि गच्छदारले निरास नभई राज्यको जन्जिर तोडेर पुनः सक्रिय राजनीतिमा फर्केकोले थारु माथीको अन्याय विरुद्धमा पनि गच्छदारलाई मतदान गर्ने भएका छन् ।
देशको आवश्यक व्यक्ति र नेता भएकाले गच्छदारको पक्षमा जनलहर ः
राज्यले फरक विचार भएका कारण्ले राजनितिक समाप्त पार्ने सडयन्त्रलाई चिर्न सक्ने देशको आवश्यक व्यक्ति र नेता भएकाले जनताहरु उत्साहित भएर गच्छदारलाई मतदान गर्ने भएको गढी गाउँपालिकाका ५ का मतदाता सुगना झागडले बताएका छन् , झागडले
गच्छदार अनुभवी भएका नेता भएको र अझै देशलाई खाँचो रहेकाले जिताउने आयित्व आफूहरुको भएको बताएका छन् ।
एतिहासिक निर्णय गराउने असल नेता भएकाले गच्छदारको पक्षमा जनलहर बढ्दोः
देशमा वाक स्वतन्त्रता र नागरिक अधिकारको पक्षमा बोल्ने र कानुनसमेत ल्याउने एतिहासिक व्यत्तित्व भएकाले गच्छदार प्रतिको जनलहर बढ्दोछ । गच्छदारले २०४६ सालको जनआन्दोलन पछि “राष्ट्रिय संचार नीति २०५०” लागू गर्ने ऐतिहासिक व्यक्तित्वको रुपमा हुनुहुन्छ । गच्छदारले राजनीतिकसंगै संबिधान निर्माणमा पनि त्यतिकै महत्वपुर्ण भुमिका निर्वाह गरेर अर्काे लोकप्रियता कमाएका छन । देशका एतिहासिक व्यत्तित्व मध्ये एक गच्छदार १३ पटक सम्म सरकारमा रहेर पूर्वि नेपालको सुसाशन , बिकाश र समृद्धि प्रति पुर्याएको योग्दानबारे खुलेरै चर्चा हुने गरेको पाइएकाले जनलहर बढेको छ ।
सुनसरीका धर्ती पुत्र र देशको धरोहर भएकाले जनलहर बढ्दोः
वि.स.२०१० साल माघ १९ गते सुनसरीको साबिक भलुवा गाविस ८ पचिरामा जन्मीनुभएको बिजय कुमार गच्छदार पिछडिएको भनिएको एउटा थारु समुदाय प्रतिनिधिको रुपमा पंचायतको समयमा जेल बस्दै उदाउदएका कुशल नेता मानिन्छ । बि.सं. २०४६ सालको परिवर्तन पश्चात कहिल्यै पनि निर्वाचन जनताको बीचबाट नहारेको नेताको रुपमा सबैले चिनेका गच्छदारलाई सुनसरी क्षेत्र नं.३ मा जनताले नै जिताउदै आएका छन ।
गच्छदारको आफ्नै कुराले जनलहर बढ्दोः
सबै साथीहरु र समुदायसंग मिल्न सक्ने , दुरदर्शी नेता र बाल्यकालमा कुस्ती, दुध , छाली खाएका साथीहरुलाई अझै याद गर्न सक्ने र विकास प्रेमीको रुपमा रहनुभएकाले सुनसरी–३ विजय गच्छदार आफै, ‘म ज्यूँदै छु’ भनेपछि मतदाता भावुक भएर मतदान गर्ने बाचा गर्ने गरेका छन् ।
गच्छदारको भनाई ‘मेरो राजनीतिक करिअर समाप्त पार्ने प्रयास भयो, मलाई न्याय दिनुहुन्छ भन्ने विश्वास छ’ प्रतिनिधिसभा अन्तर्गत सुनसरीको निर्वाचन क्षेत्र नम्बर ३ मा परम्परागत प्रतिस्पर्धी मैदानमा छन् । सत्ता गठबन्धनको तर्फबाट कांग्रेस नेता विजयकुमार गच्छदारसँग चिरपरिचित प्रतिद्वन्द्वी एमालेकी भगवती चौधरी चुनावी मैदानमा छिन् । यी दुईले चुनावी आपसमा चुनावी प्रतिस्पर्धा गरेको यो तेस्रो पटक हो । तर, यसअघि ६ वटा निर्वाचनमा जित हासिल गरिसकेका गच्छदारलाई यस पटक रोक्न चौधरीले जोड गरिरहेकी छन् । आसन्न निर्वाचनको नतिजा जस्तो आए पनि यो निर्वाचनले उनीहरूको राजनीतिक जीवनमा अर्को रेकर्ड बनाउने पक्का छ ।
गच्छदारको क्षेत्रको परिचय ः
सुनसरीको ३ नम्बर क्षेत्रमा इटहरी उपमहानगरपालिकाको वडा नं. ६, ७, ८, ९, १०, ११, १२, १३, १४, १५, इनरुवा नगरपालिकाको वडा नं. ७, गढी गाउँपालिका, दुहबी नगरपालिका पूरै र बर्जु गाउँपालिका पर्दछ ।
गच्छदारको गुनासो , केपी ओली नेतृत्वको तत्कालीन सरकारले ललिता निवास जग्गा काण्डमा मुद्दा हालेको छ ‘सातौं पटक म जनतासँग भोट माग्न होइन, न्याय माग्न आएको छु, मलाई पहिलेभन्दा धेरै भोट लिएर जिताउनु भयो भनेमात्रै इन्साफ पाउँछु ।’१३ पटक मन्त्री भएको र ६ पटक निर्वाचन जितेकाले आफू विरुद्ध बालुवाटार जग्गा हिनामिना मुद्दामा २०७६ माघमा भ्रष्टाचार मुद्दा दर्ता गराएको छ । त्यसपछि न्यायका लागि आएको छ्ु । चुनावी सभा गच्छदारको कुरा २०४८ सालमा १२ हजार भोट भएको ठाउँ इटहरीमा कहाँ थियो बाटो, कहाँ थियो विकास रु त्यो बाटो, यो विकास विजय गच्छदारले गरिदिएको हो ’इटहरीमा विकासोन्मुख सहर हुनु परिस्थिति भएको बताउनहुन्छ । ‘यो ठूलाठूला महल कांग्रेसले, एमालेले, माओबादीले बनाइदिएको हो’ गच्छदारले मतदातालाई प्रश्न गर्दै भने, ‘यो विकास कसैले गरेको होइन, परिस्थिति अनुसार बन्यो, संसार कहाँदेखि कहाँ पुग्यो, अब सपना बाँड्ने नै कुरा गर्ने हो भने पानीजहाज चलाउने सपना कहाँ गयो, कसैले सपना नबाँडे हुन्छ ।’ चुनावताका जनतालाई झुक्याउने खालका सपना कसैले बाँड्न नहुने बताउछन । आँफू ०४८ सालदेखि निरन्तर चुनाव लडेको र यो अन्तिमपटक रहेको बताउछन ।‘यो देशमा मेरा पीतातुल्य नेताहरू हुनुहुन्न, मेरा समकालीन साथीहरू ज्यूँदो हुनुहुन्छ,’ उनले भने, ‘लोकतन्त्रका लागि म ०२७ सालमा जेल परेको व्यक्ति हुँ, अब युवा साथीहरूले अनुभव र पीतातुल्य मानिसलाई मत दिन आवश्यक छ ।’सुनसरी क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यमा गच्छदार उम्मेदवार छन् भने प्रदेशसभा क्षेत्र नं। ३ ९क० बाट माओबादी केन्द्रकी सरस्वती पोखरेल चुनावी मैदानमा छिन् । गच्छदारसँग एमालेकी भगवती चौधरी पुनः चुनावी मैदानमा छिन् । यस्तै, पोखरेलका विरुद्व एमालेका रोहित कार्की चुनावी मैदानमा छन् ।