एमालेका उम्मेदबार चौधरी घरदैलोमा
इनरुवा, कात्तिक २५ गते । सुनसरी निर्वाचन क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार भगवती चौधरी र ३ (ख) प्रदेश सभा सदस्यका उम्मेदबार रामदेव यादवले घरदैलोलाई जारी राख्नुभएको छ । यसक्षेत्रबाट नेपाली काग्रेंसका उम्मेदबार विजय कुमार गच्छदारले चार दशकदेखी काम भन्दा भ्रष्टाचारमा लिप्त भएकाले आजित भएका मतदाताले एमालेलाई मतदान गर्ने आसवाशन पाएको चौधरीले वताउनुभयो । घरदैलो गर्ने क्रममा शुक्रबार ईनरुवा नगरपालिका ७ चान्दवेला र गढी २ औरावनीमा घरदैलो गर्नुभएको छ । चौधरीले मतदाताको घरदैलोमा केहीदिनदेखी भोट माग्दै जनताको भावना बुझ्न पाएको र भावनाको सन्बोधन गर्ने बताउनुभयो । उहाँले घरदैलौमा पुगेको बेला मतदाताले शिक्षा, स्वास्थ्य, कृषि र रोजगारका कुरा उठाएकोमा आफूले जितेर गएपछि सम्बोधन गर्ने बताएकाले उत्साहित भएर मतदान गर्ने पक्षमा मतदाता रहेको पाएको बताउनुभयो । चौधरीले आफ्नो दुई दशकको समाज सहित वितिय सेवा क्षेत्र सहित राजनीतिक सेवा र समाजसेवाको योगदानको जानकारी दिदै मतदाताको मनोभावना बुझने र माहोल आफ्नो पक्षमा पार्नका लागि सहकर्मी सहित घरदैलोमा पुग्नुभएको छ । चौधरीले जनताको भावना बुझ्न घरदैलौमा पुगेको बेला सबै मतदाताले साकारात्मक प्रतिकृया दिएको र आफूलाई मंसिर ४ गते मतदान गर्न आतुर रहने समेत पाइएको बताउनुभयो ।

चौधरीलाई प्रचारप्रसार सहित मतदातासंगको साक्षातकार र घरदैलौमा पार्टीका इनरुवा नगर सचिव मेघराज न्यौपाने सहितले सहयोग गर्नुभएको छ । चौधरीसगैं जसपाका नेताकार्यकर्ताहरु घरदैलौमा प्रत्यक्षमा साझाँ उम्मेदबार र समानुपातिकमा आ आफ्नो पार्टीलाई मतदान गर्न आग्रह गर्दै आएका छन् ।
उता काग्रेसका निर्वाचन क्षेत्र नं. ३ मा विजय कुमार गच्छदार , (ख) प्रदेश सभा सदस्यका उम्मेदबार विन्देशवर यादव पनि घरदैलोमा रहनुभएको छ ।
उनीहरुले बर्जुमा घरदैलो गर्दै आफ्नो पक्षमा जनलहर रहेको दावी गर्नुभएको छ ।
