यादवको घरदैलोमा मतदाताको साथ
राजनीतिकमा युवाहरुको प्रवेश आवश्यक रहेको र परिर्वतन आफ्नै पालामा सम्भव रहेको भन्दै राष्टिय प्रजातन्त्र पार्टी(राप्रापा) बाट सुनसरी निर्वाचन क्षेत्र नं. ४ प्रतिनिधि सभा सदस्य उम्मेदबार विद्यानन्द यादवले मतदाताको साथ घरदैलो जारी राख्नुभएको छ । यादवले वर्तमान मन्त्री र पूर्व मन्त्री उम्मेदबार भएरको क्षेत्र भएपनि आफ्नो पक्षमा मतदाता रहेकाले जित सुनिश्चितको दावी गर्दै घरदैलोलाई बाक्लो बनाउनुभएको छ । एउटा चार चक्के गाडी र नागरिकहरुको साथ गाउँटोलमा घरदैलोलाई बाक्लो बनाउनुभएको यादवले सनिबार बराहक्षेत्र नगरपालिकाका विभिन्न वडामा घरदैलो गर्नुभएको छ ।
