जयकृष्ण यादव । इनरुवा
इनरुवा, कात्तिक २८ गते । सुनसरीमा राजनीतिक दलदेखी स्वतन्त्रसम्मका उम्मेदबारहरुले घरदैलोलाई तिव्रता दिएको छ । यहाँको सत्ता गठबन्धन नेपाली काग्रेंस र प्रतिपक्षी गठबन्धन नेकपा एमालेका उम्मेदबारहरु घरदैलोलाई तिव्रता दिएकाले चुनावी माहोल रोचक बनेको छ । जिल्लाका चार वटै क्षेत्रमा उम्मेदबारहरुले घरदैलो र मतदाता भेटघाट कार्यक्रमलाई बाकलो बनाएको छ । प्रचार प्रसार गर्ने समेय दुई मात्रै बाकी रहेकाले उम्मेदबारहरुले घरदैलोलाई तिव्रता दिएको नेपाली काग्रेंसका जिल्ला सचिव वीरेन्द्र कुमार साहले जानकारी दिनुभयो । साहका अनुसार चुनाव नेता र मतदाता दुवैको लागि उत्साव भएकाले मतदानको मिति नजिकिएसगैं माहोल निर्वाचनमय भएको छ ।
आफ्नो मन परेका उम्मेदबारहरुलाई मतदान गर्न पाउने सुवर्ण अवसर भएकाले उम्मेदबारहरुले दिनरात नभनी घरदैलोलाई तिव्रता दिएको नेकपा माओवादी केन्द्र सुनसरीका संयोजक योगेन्द्र मण्डलल पप्पुले जानकारी माहोल रोचक बनेको छ ।
मण्डलका अनुसार दुई जना प्रदेश र एक जना प्रतिनिधि सभा सदस्य उम्मेदबार पाटीबाट भएपनि गठबन्धन भएकाले सबै क्षेत्रमा गठबन्धको पक्षमा मत माग्न घरदैलो जारी रहेको छ । नेकपा एमालेकी नेतृ लक्ष्मी गौतमले आफूहरुको पार्टी राष्टिय पार्टी भएको र जनता समाजवादी पार्टीसंग तालमेल गरेकाले दुवै राजनीतिक दलले संयुक्त रुपमै घरदैलो जारी राखेको बताउनुभयो । देश र जनताको सेवा, विकास र समृद्धिको पक्षमा काम गर्ने पार्टी एमाले भएको भन्दै प्रचारप्रसारलाई तिब्र बनाएको र निर्वाचनमा आफ्नो पार्टी जित्ने गरि जनलहर बढेको दावी गर्नुभयो । आफूहरुको पार्टी अध्यक्ष केपी शर्मा ओलीको उपस्थितीमा कात्तित ३० गते लौकहीमा चुनावी सभा गर्ने तयारी समेत गरेको गौतमले जानकारी दिनुभयो । जनता समाजवादी पार्टीका नेता महेन्द्र यादवले आफूहरुको संघमा एक र प्रदेशमा एक जना गरि दुई जना मात्रै प्रत्यक्षका उम्मेदबार भएपनि समानुपातिकका लागि र दुवै उम्मेदबारहरुका लागि मत माग्ने काम जारी रहेको जानकारी दिनुभयो ।
लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष रामनारायण यादवले निर्वाचन स्वस्थ प्रतिस्प्रधा गर्ने उत्सव भएकाले यसलाई सबैको घरदैलोमा जानकारी दिन र मत लिनका लागि घरदैलो जारी राखेको बताउनुभयो ।