जयकृष्ण यादव । इनरुवा
इनरुवा, कात्तिक २९ गते । सुनसरी सदरमुकाम समेत रहेको इनरुवा नगरपालिका वडा नंम्बर–३ मा सञ्चार तथा सूचना प्रविधी एवम् कानुन मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले घरदैलो कार्यक्रम गर्नुभएको छ । मन्त्री कार्की सुनसरी निर्वाचन क्षेत्र नं. ४ का प्रतिनिधि सभा सदस्य उम्मेदबार समेत रहनुभएकाले मतदाताको घरघरमा घरदैलो गर्नुभएको हो । कार्कीले आफ्नो घरदैलो सीमावर्ती गाउँघुस्कीदेखी बराहक्षेत्रसम्म एक चरणको गरेकोमा अन्तिममा घरदैलो कार्यक्रम अन्तरगत इनरुवा ३ मा घरदैलो गर्नुभएको हो । निरन्तर घरदैलो कार्यक्रममा रहनुभएका मन्त्री कार्कीले संविधान र लोकतन्त्रको रक्षाका निम्ति आफूलाई मतदान गर्न मतदाता आतुर रहेको बताउनुभयो । मन्त्री कार्कीले घरदैलोमा असल, सक्षम र विकास प्रेमी तथा संविधानको रक्षा गर्ने, देश र जनताको भावनाको कदर गर्ने लोकतान्त्रिक बाम गठबन्धनका उम्ेमदबारहरुलाई मतदान गर्न अपिल गर्नुभएको छ । यसैबीच घरदैलोको क्रममा अधिवक्ता पन्चदेव मेहता सहितका स्थानीयहरुे घरदैलोमा मन्त्री कार्कीलाई स्वागत सम्मान गर्दै अग्रिम बधाई दिदै मतदान गर्ने बाचा गर्नुभएको छ ।
उता सोही क्षेत्रमा नेकपा एमालेका उम्मेदबार जगदिश प्रसाद कुसियैतले कोशी गाउँपालिकामा मंगलबार भरदैलो गर्नुभएको छ । त्यसैगरी राप्रपाका उम्ेमदबार विधानन्द यादव, स्वतन्त्रका उम्मेदबार डा. खालित हुसेनले पनि बराहक्षेत्रमा घरदैलोलाई तिव्रता दिनुभएको छ । सत्ता गठबन्धनका तर्फबाट नेपाली काग्रेंसका उम्मेदबार कार्की र प्रतिपक्षी गठबन्धन नेकपा एमालेका उम्मेदबार कुसियैत र राप्रापा यादव, स्वतनत्रका हुसेन सहितले घरदैलोलाई तिव्रता दिनुभएको छ ।


उता जिल्लाको निर्वाचन क्षेत्र नं. २ मा पूर्व मुख्यमन्त्री तथा एमालेका उम्मेदबार भिमप्रसाद आचार्यले इनरुवा २ र पूर्व यातायात राज्य मन्त्री तथा काग्रेंसका उम्ेमदबार सिताराम मेहताले इनरुवा ५ मा घरदैलो र मतदाता भेटघाट कार्यक्रम गर्नुभएको छ ।
प्रचार प्रसार गर्ने समय एक दिन मात्रै बाँकी रहेकाले उम्मेदबारहरुले घरदैलोलाई तिव्रता दिएको नेपाली काग्रेंसका जिल्ला सभापती केदार भण्डारीले जानकारी दिनुभयो ।
उता पूर्व उपप्रधानमन्त्री तथा निर्वाचन क्षेत्र नं. ३ प्रतिनिधि सभा सदस्यका नेपाली काग्रेंसका उम्मेदबार विजय कुमार गच्छदार गढी गाउँपालिकामा र पूर्व राज्य मन्त्री एवम् एमालेका उम्मेदबार भगवती चौधरी दुहवीमा मतदानको घरमा घरदैलो गरिरहनुभएको छ । मतदानको मिति नजिकिएसगैं माहोल गाउँटोलदेखी शहरसम्म निर्वाचनमय भएको एमालेका जिल्ला अध्यक्ष एव्म प्रदेश सभा सदस्य सुनसरी २ (क)का उम्मेदबार रेवतीरमण भण्डारीले जानकारी दिनुभयो ।


१, सुनसरी सदरमुकाम समेत रहेको इनरुवा नगरपालिका वडा नंम्बर–३ मा सञ्चार तथा सूचना प्रविधी एवम् कानुन मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले घरदैलो कार्यक्रम गर्नुहुदै ।


२, एमालेका जगदिश प्रसाद कुसियैत घरदैलो गर्नुहुदै ।


३, एमालेका भिमप्रसाद आचार्य इनरुवामा घरदैलो गर्नुहुदै ।
तस्विर ः जयकृष्ण यादव । इनरुवा