जयकृष्ण यादव÷इनरुवा
इनरुवा, मंसिर १ गते । नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य डा.शेखर कोइरालाले निर्वाचन पछि नेपाली काङ्ग्रेस सहितको गठबन्धनको सरकार बन्ने दावी गर्नुभएको छ । बाहिर काग्रेंस भित्र गुट र विबाद रहेको हल्लामा कुनै सत्यता नभएको र बादविवाद समेत नभएकोले एक ढिक्का भएर निर्वाचनमा लोकतान्त्रिक गठबन्धनका उम्मेदबारको पक्षमा पार्टीका नेता कार्यकर्ता र मतदाता होमिएकाले निर्वाचन पछि गठबन्धनको सरकार बन्ने दावी गर्नुभएको हो । सुनसरीको कोसी गाउँपालिका स्थित लौकहीमा नेपाली काग्रेंस सहित निर्वाचन क्षेत्र नं. ४ बाम लोकतान्त्रिक गठबन्धन समितिले आयोजना गरेको विशाल आमसभालाई सम्बोधन गर्नुहुँदै कोइरालाले लोकतान्त्रिक बाम गठबन्धनले गर्दा मंसिर ४ गतेपछी गठवन्धनको बहुमतको सरकार बन्ने दाबी गर्नुभयो ।
मोरङ निर्वाचन क्षेत्र नम्बर–६ का प्रतिनिधि सभा सदस्य उम्मेदवार समेत रहनुभएका कोइरालाले लोकतान्त्रिक बाम गठबन्धनले संघीयता, संविधान र लोकतन्त्रको रक्षासङ्गै देशको विकास र नेपालीहरुको नागरिकता समस्या समाधान गर्ने भएकाले नेपाली काङ्ग्रेसलाई मतदान गर्न अपिल गर्नुभयो ।
कोइरालाले संसद विघटन गर्ने दललाई मतदान गरे देश पुनः दुर्घटनामा जाने भएकोले निर्धक्क भएर लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवारहरुलाई जिताउनुपर्ने जिकिर गर्नुभयो । गठबन्धन अहिलेको आवश्यकता र माग समेत भएको कारण गठबन्धन बनाएर निर्वाचनमा होमिएको र निर्वाचनपछि काङ्ग्रेसको नेतृत्वमा गठबन्धनकै सरकार बन्ने उहाँले दाबी गर्नुभयो ।
कोइरालाले सुनसरी क्षेत्र नम्बर–४ मा नेपाली काङ्ग्रेसका उम्मेदवार तथा सञ्चार तथा सूचना प्रविधी एवं कानुन मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले गर्नुभएको विकास, काम र योगदानबाट जनता प्रभावित भएकाले भारी मतले विजयी गराउने विश्वास व्यक्त गर्नुभयो । कोईरालाले नागरिक निर्वाचनमा न्यायधिश हुने भएकाले न्याय गर्नेमा आफू विश्वस्त रहेको बताउनुभयो । देश र जनताको आवश्यकता समेत गठबन्धन भएकाले यसै गठबन्धको सरकार निर्वाचन पछि पाँच वर्षसम्म रहने दावी गर्नुभएको छ ।
आमसभामा सुनसरी क्षेत्र नम्बर–४ प्रतिनिधि सभा सदस्यका नेपाली काङ्ग्रेसका तर्फबाट उम्मेदवार तथा सञ्चार तथा सूचना प्रविधी एवं कानुन मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले निर्वाचनको स्थिर समय सुरु भएकाले सबैलाई निर्भिक र निर्धक भएर मतदानमा सहभागी हुन अपिल गर्नुभयो । मन्त्री कार्कीले देशको संघीयता, संविधान र लोकतन्त्र समेतको रक्षा गर्ने, जनतको भावनाको कदर गर्ने, समानुपातिक र आवश्यकतामा आधारित विकास गर्ने, जनमैत्री काम गर्ने उम्मेदबालाई मत हालेर विजयी गराउन अपिल गर्नुभयो । जनताले सही गलत गर्नेलाई मतबाट छुट्याउने भएकाले सबै मतदाताले न्याय गर्नेमा विश्वास व्यक्त गर्नुभयो ।
आमसभामा सुनसरी क्षेत्र नम्बर–२ प्रतिनिधि सभा सदस्यका नेपाली काङ्ग्रेसका तर्फबाट उम्मेदवार तथा पूर्व राज्य मन्त्री सिताराम मेहताले देशको समग्र समस्या समाधान गर्न सक्ने पार्टी नेपाली काग्रेंस भएको बताउनुभयो ।
पार्टीका जिल्ला सभापती केदार भण्डारीले सुनसरी काग्रेंसका लागि एतिहासिक जिल्ला भएको र संविधान तथा लोकतन्त्रको गर्ने पार्टी समेत काग्रेंस भएकाले काग्रेंसको नेतृत्वमा सरकार बन्ने दावी गर्नुभयो ।
उम्मेदबार सदानन्द मण्डल, हाजि इसराईल मंसुरी, पार्टीको सुनसरी क्षेत्र नम्बर–४ का क्षेत्रीय सभापती ऐयुव अंसारी, प्रतिनिधि इनरुवा नगर सभापती राजन मेहता सहितको उपस्थिती रहेको थियो ।


१, सुनसरीको कोशी गाउँपालिकामा बाम लोकतान्त्रिक गठबन्धनको कार्यक्रमका अथितिहरु । तस्विर ः जयकृष्ण यादव । इनरुवा

https://www.facebook.com/100011405855131/videos/531692852148120/