सुनसरी ४(ख) प्रदेश सभामा मंसुरीको अग्रता
जयकृष्ण यादव । इनरुवा
इनरुवा,मङ्सिर ११ गते । सुनसरीको क्षेत्र नं. ४ को प्रदेशसभा (ख) मा नेपाली काग्रेंंसका उम्मेदबार हाजि ईसराईल मंसुरीको अग्रता कायम रहेको छ । मतगणना स्थगित अघिसम्मको विवरण अनुसार काग्रेंंसका उम्मेदबार मंसुरीले ९ हजार ८३६ मत सहित अग्रता कायम राख्नुभएको छ भने नेकपा एमालेका उम्मदबार हाजी अब्बास अंसारीले आठ हजार २३६ मत सहित पच्छयाई रहनुभएको छ । मंसुरीले एक हजार ६०० मतले लिड गरिरहनुभएको छ । यहाँ मंसुरी र अंसारी बीचमा प्रतिस्प्रधा रहेको छ ।