गनेश यादव । इनरुवा
नेपाली कांग्रेस सुनसरीले नेपाली कांग्रेसको विधान २०१७ (संशोधन र परिमार्जित २०७५ ) परिच्छेद ३ को धारा १२ (५) (ख) २ र (७) (ज) ले दिईएको अधिकार बमोजिम क्रमशः मनोनित जिल्ला सदस्य र विभाग प्रमुख वा संयोजकहरुलाई सोमबारदेखी विघटन गरिएको छ । एकसाथ दर्जनौंको संख्यामा मनोनित भएकाहरुलाई पार्टीको विधान अनुसार विघटन गरिएको पार्टीका जिल्ला सभापती केदार भण्डारीलेद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ । उक्त विज्ञप्तीमा मनोनितहरुले पाएको जिम्मेबारीलाई निर्वाह गरेकोमा धन्यवाद समेत दिनुभएको छ ।