काठमाण्डौ ०२ श्रावण । पार्टी एकताको विषयमा छलफल गर्न नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपाल पक्षधर नेताहरुको बैठक आज पनि बस्दैछ। बैठक १० बुँदे समझदारी कार्यान्वयनबारे केन्द्रित हुने बताईको छ ।
दुवै पक्ष बैठक बस्ने भने पनि समय भने तय भएको छैन । एमाले स्थायी कमिटीको शुक्रबार बसेको बैठकले कार्यदललाई धन्यवाद दिदै कार्यदल विघटन भएको घोषणा गरेको थियो ।
स्थायी कमिटीको बैठक रोक्न माग राख्दै एमाले उपाध्यक्ष भीम आचार्य,उपमहासचिव घनश्याम भुसाल,सचिवहरु भीम आचार्य,गोकर्ण विष्ट र स्थायी कमिटी सदस्य सुरेन्द्र बैठक स्थल पुगेका थिए । तर नेपाल पक्षको आग्रहलाई ओलीले अस्वीकार गरेका थिए ।
स्थायी कमिटी बैठकमा वरिष्ठ नेता नेपाल पक्षधर नेताहरु सहभागी थिएनन्। त्यसपछि बसेको संसदीय दलको बैठकमा समेत नेपाल पक्षीय सांसदहरु सहभागि थिएनन्।