नेकपा एमालेमा लामो समयदेखी सकृय रहनुभएका सुनसरीको देवानगञ्जका रामचन्द्र मेहताले पार्टीबाट राजीनामा दिनुभएको छ । फागुन १६ गतेबाट लागु हुने गरि पार्टी प्रति असन्तुष्टी जनाउदै एमाले पार्टीबाट राजीनामा दिनुभएको हो ।

मेहताले पार्टीमा काम गर्ने मनसाय भएपनि पार्टीका केही नेताहरुले वतावरण दिननसेकको र पार्टीको जिम्मेबार भएपनि काम विहिन बनाएकाले पार्टीबाट राजीनामा दिनुभएको छ । मेहता नेकपा एमालेको प्रदेश कमिटि सदस्य तथा राष्टिय अखिल पिछडावर्गको उपाध्यक्ष रहनुभएकोमा सधारण सदस्य समेत नरहने गरि राजीनामा दिनुभएको प्रेस विज्ञप्ती मार्फत जनाएको छ ।