सुनसरी सदरमुकाम इनरुवामा अर्गानिक कौशी खेती सम्बन्धि तालिम सम्पन्न भएको छ । हाम्रो सहयात्रा मञ्च इनरुवाको आयोजना तथा इनरुवा नगरपालिका ३ नम्बर वडाको सहयोगमा तालिम सम्पन्न भएको हो । सम्पन्न भएको तालिममा २५ जना बढी महिलाहरुको सहभागिता रहेको थियो । इनरुवामा आयोजित अर्गानिक कौशी खेती सम्बन्धि तालिममा सैद्धान्तिक र प्रयोगात्मक दुई चरणमा अभ्यास सहित प्रशिक्षण दिएको थियो ।

तालिममा सहजीकरण पुर्व कृषि विकास अधिकृत देवनारायण साहले गर्नुभएको सञ्चकी विनिता दाहालले जानकारी दिनुभयो । सभापन कार्यक्रममा इनरुवा ३ नंम्बर वडा सदस्य सबिना सिग्देल, मानव अधिकार सञ्जालका सांयेजक रमेश भट्टराई , इन्सेक प्रतिनिधि जयकृष्ण यादव, उधोग वाणिज्य संघका प्रतीनीधिहरुको उपस्थिति रहेको थियो । रिता साहको संयोजकत्वमा सम्पन्न कार्यक्रम संचालन बिनिता दाहालले गर्नुभएको थियो ।