इनरुवा, बैशाख ९ गते । इनरुवा नगरपालिका ९ बबियामा नेपाल यादव सेवा समितिको वडा भेला सम्पन्न भएको छ । भेलाबाट सर्वसहमतिमा समाजसेवी, राजनीतिज्ञ, समाजका अगुवा सत्रुधन यादवको अध्यक्षतामा १९ सदस्य कार्यसमिति चयन भएको छ ।

समितिको उपाध्यक्षमा लक्ष्मण यादव, सचिवमा रोशन यादव, सह सचिवमा रामकुमार यादव, कोषाध्यक्षमा दिगम्वर यादव र सदस्यहरुमा सदान्नद यादव, देवकृष्ण यादव, यदुनन्दन यादव, उतिमलाल यादव, देवराम यादव, दिलिप यादव, उपेन्द्र यादव, रामकुमार यादव, सत्यनारायण यादव,बैजनाथ यादव, राजेश्वर यादव, गणेश प्रसाद यादव, दिनेश यादव, बोवालाल यादव चयन हुनुभएको छ । त्यसैगरी समितिले सामाजिक विकासको क्षेत्र र न्यायको पक्षमा काम गर्ने, मासिक बैठक बस्ने र आपसी सदभाव तथा एकताको लागि काम गर्ने अध्यक्ष सत्रुधन यादवले प्रतिवद्धता व्यक्त गर्नुभयो ।


वडा भेलामा जिल्ला सचिव जयकृष्ण यादव, कोषाध्यक्ष रमेश प्रसाद यादव र सहसचिव प्रमोद यादव लगायतकाले सहजिकरण गर्नुभएको थियो । ऐतिहासिक रुपमा जेष्ठ सदस्यहरु सहित सर्वाधिक प्रस्तावमा सत्रुधन यादवको अध्यक्षतामा १९ सदस्य कार्यसमिति चयन भएकोमा नेपाल यादव सेवा समितिका जिल्ला सचिव जयकृष्ण यादवले हार्दिक बधाई तथा शुभकामना दिनुभएको छ । यादवले फेसबुकमा उत्सहजनक रुपमा भएको भेला र समितिका पदाधिकारीहरुलाई हार्दिक बधाई तथा शुभकामना दिनुभएको हो ।

१, नेपाल यादव सेवा समितिका पदाधिकारीहरु ।
तस्विर ः जयकृष्ण यादव । इनरुवा