पोलबती जडान नगरेको भन्दै तालाबन्दी

इनरुवा, जेठ ५ गते । इनरूवा नगरपालिका वडा नं.१ वडा कार्यालयमा स्थानीयहरुले तालाबन्दी गरेका छन् । पोलबती जडानको आश्वासन दिएको भएपनि काम एक वर्ष वित्दा समेत गरेको भन्दै स्थानीयहरुले वडा कार्यालयमा तालाबन्दी गरेका हुन् ।
शुक्रबार स्थानीयहरु वडामा भेलाभई वडा अध्यक्ष प्रमोद कुमार पोख्रेल विरुद्ध आन्दोलित हुदै तालाबन्दी गरेको स्थानीय कुलदिप मेहताले जानकारी दिनुभयो ।
मेहताका अनुसार पोलबती नहुदाँ चोरीको घटना बढेको र गल्लिको बाटोमा निर्माणको काम नहुदाँ आवतजावतमा समस्या भएकाले दबाबका लागि वडामा तालाबन्दी गर्न बाध्य भएको हो । यता इनरुवा १ का वडा अध्यक्ष प्रमोद कुमार पोख्रेलले पोलबती जडान र गल्लिको बाटोमा निर्माणको प्रयास गरेको भएपनि तत्काल नसकिएकाले समस्या भएको प्रतिकृया दिनुभयो ।



१, इनरूवा नगरपालिका वडा नं.१ वडा कार्यालयमा स्थानीयहरुले तालाबन्दी गर्दै ।
तस्विर ः जयकृष्ण यादव । इनरुवा

