प्रधानमन्त्री प्रचण्डलाई दिल्लीमा स्वागत
काठमाडौं, जेठ १७ गते। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चार दिने औपचारिक भारत भ्रमणका लागि भारतको राजधानी नयाँ दिल्ली पुग्नुभएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान नम्बर आरए २१७ बाट उहाँ बुधबार दिउँसो दिल्ली पुग्नुभएको हो।
दिल्लीमा प्रधानमन्त्रीको स्वागतका लागि सांस्कृतिक कार्यक्रमसमेत गरिएको छ। विमास्थलमा प्रधानमन्त्री प्रचण्डलाई भारत सरकारका विदेश राज्यमन्त्री मिनाक्षी लेखीले स्वागत गर्नुभएको हो। प्रधानमन्त्रीको स्वागतका लागि राज्यमन्त्री लेखीसहित विदेश मन्त्रालयका अधिकारीको उपस्थिति थियो।
प्रधानमन्त्री प्रचण्डलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, मन्त्रीगण, विशिष्ट कर्मचारी, संवैधानिक आयोगका प्रतिनिधिलगायत विशिष्ट पदाधिकारीले बिदाइ गर्नुभएको थियो।
गोरखापत्र अनलाइन bat