गोलि लागि गम्भीर घाइते भएका जापानका पूर्व प्रधानमन्त्री आबे सिन्जोको निधन भएको छ। पश्चिमी सहर नारामा शुक्रबार भाषणका क्रममा गोलि लागेका पुर्व प्रधानमन्त्रीको निधन भएको कुरा जापानको लिबरल डेमोक्रेटिक पार्टीका अधिकारीहरुले बताएका छन् ।

साइटमा एक NHK रिपोर्टरले लगभग ११:३० बजे दुईवटा बन्दुकको आवाज सुनेको थिईन्, उनले आबेलाई अस्पताल लैजानु अघि ढलेको र रगत बगेको देखेका थिए ।

प्रहरीले हत्या प्रयासको आरोपमा ४१ वर्षीय पुरुषलाई पक्राउ गरेको जनाएको छ । उनले सन् २००५ सम्म तीन वर्ष जापान सामुद्रिक सेल्फ डिफेन्स फोर्समा काम गरेको रक्षा मन्त्रालय स्रोतले बताएको छ ।

आबे जापानको सबैभन्दा लामो समय सेवा गर्ने प्रधानमन्त्री थिए। उहाँ ६७ बर्षको हुनुहुन्थ्यो।

उनले सन् २००६ देखि २००७ सम्म र फेरि २०१२ देखि २०२० सम्म जापानको प्रधानमन्त्री र लिबरल डेमोक्रेटिक पार्टीको अध्यक्षको रूपमा सेवा गरेका थिए। उहाँ जापानी इतिहासमा सबैभन्दा लामो समयसम्म सेवा गर्ने प्रधानमन्त्री हुनुहुन्थ्यो।