इनरुवामा धान वाली प्रवद्र्धन कार्यक्रम अन्तरगत कृषि उपकरण हस्तान्तरण

जयकृष्ण यादव । इनरुवा
इनरुवा, असार १६ गते । सुनसरीको इनरुवा नगरपालिका २ मा धान वाली प्रवद्र्धन कार्यक्रम अन्तरगत कृषि उपकरण हस्तान्तरण गरिएको छ । स्थानीय राधाकृष्ण बहुमुखी सहकारी संस्था लिमिटेडको आयोजना तथा कृषि ज्ञान केन्द्र सुनसरीको सहयोगमा इनरुवामा धान वाली प्रवद्र्धन कार्यक्रम अन्तरगत एक सय किसानलाई कृषि उपकरण हस्तान्तरण गरेको हो ।
इनरुवा १, २ र ४ का किसानहरुलाई धान वाली प्रवद्र्धन कार्यक्रम अन्तरगत बम्वाई मिल २ थान, जेरोभेटर एक थान, स्प्रेयर १० थान, धान काट्ने रिपर एक थान, ड्रमसेट सात थान, विउ छर्ने मेसिन दुई थान, हेरो १६ तावा एक थान, डिजिटल काटाँ पाँच थान सहित सय जनालाई एकसाथ कृषि उपकरण हस्तान्तरण गरिएको जनाएको छ । त्यसैगरी ५० जनालाई कोदालो, ५० जनालाई त्रिपाल, मिनिटिलर ९ एचपीको एक जनालाई, धान थ्रेसर गर्ने मेसिन दुई थान, विउँ प्रसोधन मेसिन एक थान सहित कृषि उपकरण हस्तान्तरण गरेको संस्थाका अध्यक्ष सदानन्द साहले जानकारी दिनुभयो ।
इनरुवामा धान वाली प्रवद्र्धन कार्यक्रम अन्तरगत कृषि उपकरण हस्तान्तरण कार्यक्रम कोशी प्रदेश सांसद रामप्रसाद मेहताको प्रमुख आथित्य र कृषि ज्ञान केन्द्र प्रमुख नीलकमल सिंहको विषेश आथित्यतामा सम्पन्न भएको साहले जानकारी दिनुभयो । धान प्रवद्र्धन कार्यक्रममा कम्पोष्ट मल, विषधी र अभिमुखिकरण गोष्ठी, सार्वजनिक सुनुवाई सहितको कार्यक्रम रहेको जनाएको छ । धान प्रवद्र्धन कार्यक्रम २०७९।०८० को अन्तिम चरणमा इनरुवा नगरपालिकामा सम्पन्न गरेको हो । किसानहरुलाई धान खेती सहित कृषिमा यान्त्रिकिकरण गर्नका लागि विभिन्न कृषि उपकरण हस्तान्तरण गरेको जनाएको छ । रिपर, मिनि टेलर, धान कुटानी गर्ने मिल मोटर सहित विभिन्न कृषि औजार तथा उपकरण हस्तान्तरण गर्दा किसान निकै खुसी भएको स्थानीय सुरेन्द्र मेहताले बताउनुभयो । मेहताका अनुसार सहकारीमा आवद्ध भएका किसानलाई प्रत्यक्ष लाभ पुग्ने गरि धान वाली प्रवद्र्धन कार्यक्रम अन्तरगत २० प्रकारका कृषि उपकरण हस्तान्तरण गरिएको हो ।


१, इनरुवा नगरपालिकाका किसानलाई धान वाली प्रवद्र्धन कार्यक्रम अन्तरगत कृषि उपकरण हस्तान्तरण गर्दै ।
तस्विरः जयकृष्ण यादव । इनरुवा
