श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमासिंघेले सर्वदलीय सरकार गठनका लागि आज राजीनामा दिएका छन् ।

श्रीलंकाको राजधानी कोलम्बोमा हजारौं प्रदर्शनकारीहरूले पुलिस ब्यारिकेडहरू तोडेर राष्ट्रपति गोटाबाया राजापाक्षेको आधिकारिक निवासमा आक्रमण गरेर राष्ट्रपति र प्रधानमन्त्री दुवैजनाको राजीनामा मागेका थिए। 

श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले शनिबार सर्वदलीय सरकार गठनका लागि आफ्नो पदबाट राजीनामा दिने घोषणा गरेका छन् । उनले ट्विट गर्दै भनेका छ “सबै नागरिकको सुरक्षा सहितको सरकारको निरन्तरता सुनिश्चित गर्न सर्वदलीय सरकारको बाटो तय गर्न आज पार्टीका नेताहरूको उत्तम सिफारिसलाई म स्वीकार गर्दछु। यसका लागि म प्रधानमन्त्री पदबाट राजीनामा दिनेछु ।”

समाचार एजेन्सी रोयटर्सका अनुसार श्रीलंकाको राजधानी कोलम्बोमा हजारौं प्रदर्शनकारीहरूले राष्ट्रपति गोटाबाया राजापाक्षेको आधिकारिक निवास र कार्यालयमा आक्रमण गरे जुन यस वर्षको सबैभन्दा ठूलो सरकार विरोधी जुलुसमध्ये एक हो । स्थानीय टिभी समाचार न्यूजफर्स्ट च्यानलको भिडियो फुटेजले देखाए अनुसार केही प्रदर्शनकारीहरू श्रीलंकाको झण्डा र हेलमेट बोकेर राष्ट्रपतिको निवासमा प्रवेश गरेका थिए ।

विदेशी मुद्रा अभावमा संघर्ष गरिरहेको श्रीलंकाले ईन्धन, खाद्यान्न र औषधिको आवश्यक आयातमा सीमित गरेको छ, यसलाई सात दशकमा सबैभन्दा खराब आर्ठिक उथलपुथल मान्न सकिन्छ । देशमा आर्थिक संकट चरम रुपमा बढेपछी श्रीलंकाली जनताहरु आक्रोश हुँदै राजधानी कोलम्बोमा भेला भएर राष्ट्रपति र प्रधानमन्त्रीको विरुद्धमा नारा लगाएका थिए । प्रदर्शनकारीहरुलाई रोक्न प्रहरीले हावामा गोली चलाएको थियो तर राष्ट्रपति निवास वरिपरि आक्रोशित भीडलाई रोक्न प्रहरी असम्भव भए ।

[radio_player id=’820′]

https://liveonlineradio.net/ujyaalo-online