जयकृष्ण यादव । इनरुवा
इनरुवा, साउन २५ गते । सुनसरीमा नेपाली कांग्रेसको परिपत्र अनुसार आन्तरिक विशेष अभियान जारी रहेको पार्टीले जनाएको छ । अभियान अन्तर्गत नेपाली कांग्रेस सुनसरी क्षेत्र नंम्बर २, क्षेत्र २ (१) र २ (२) को संयुक्त आयोजनामा अन्तरकृया कार्यक्रम सम्पन्न गरेको जनाएको हो । पार्टीले अन्तरक्रिया कार्यक्रम केन्द्रीय सदस्य आंगेलु शेर्पाको प्रमुख अतिथित्यता तर जिल्ला सभापति केदार भण्डारी, नेता सीताराम मेहता लगायतको उपस्थितिमा सम्पन्न गरेको पार्टी सचिव वीरेन्द्र साहले जानकारी दिनुभयो ।


१, नेपाली कांग्रेस सुनसरी क्षेत्र नंम्बर २, क्षेत्र २ (१) र २ (२) को संयुक्त आयोजनामा अन्तरकृया कार्यक्रमका सहभागीहरु । तस्विर ः इनरुवा