काङ्ग्रेसको विशेष अभियान सम्पन्न
सुरेन्द्र कुशवाहा सुनसरी
इनरुवा । नेपाली काङ्ग्रेसले आफ्नो आन्तरिक विषेश अभियानको विशेष कार्यक्रम सम्पन्न गरेको छ । साउन २० गते बाट सुरु गरेको आन्तरिक विषेश अभियानको अन्तिम कार्यक्रम आज नेपाली काङ्ग्रेस जिल्ला पार्टी कार्यालयमा सम्पन्न गरेको हो।







पार्टीले आफ्नो संगठन विस्तार तथा आन्तरिक छलफल लाई प्रभावकारी बनाउन आन्तरिक विषेश अभियान सफलता पुर्वक सम्पन्न भएको पार्टीका जिल्ला सचिव विरेन्द्र कुमार साहले जानकारी दिनु भयो।पार्टीका केन्द्र सदस्य देखि जिल्ला र प्रदेशका नेताहरुको उपस्थितमा भव्य कार्यक्रम सम्पन्न गरेको साहले बताउनु भयो। समापन्न कार्यक्रमा सविधानसभा सदस्य एवम पुर्व प्रतिनिधि सभा सदस्य सीता राम मेहता ,केन्द्रिय सदस्य राजिव कोइराला , पुर्व प्रदेश सदस्य ज्योति सुब्बा , पार्टीका जिल्ला सभापति केदार भण्डारी , जिल्ला सदस्य रोहित थापा , राजन कोइराला , लक्ष्यमि ठाकुर ,सरिता यादव ,महाधिवेशन प्रतिनिधि प्रमानन्द मेहता, पुजा धामी, नेपाल महिला संघ सुनसरी सभापति विजया कटुवाल , पुर्व जिल्ला सदस्यहरु सुबोध प्रसाद घिमिरे , केसिलाल घोधरी , वडा सभापति तेज बाहदुर गुरुङ्ग , रामचन्द्र पोदार , लगायतको उपस्थिति रहेकोे थियो ।
