नेपाल यादव सेवा समिति गठन तथा विस्तार अभियान अन्तरगत सनिबार भदौ २ गते सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका अधिवेशन तथा भेला गर्ने तयारी भएको छ ।
नेपाल यादव सेवा समितिको भोक्राहा नरसिंह गाउँपालिकाको सबै वडामा वडा भेला सम्पन्न भएको र वडा सहित गाउँको अगुवा यादवहरुको भेलाले नयाँ नेतृत्व चयन गर्दै प्रथम भोक्राहा नरसिंह भेला सनिबार गर्ने तयारी भएको हो ।

नेपाल यादव सेवा समितिको भोक्राहा अधिवेशन तयारी समितिका संयोजक एवम् समितिका जिल्ला कोषाध्यक्ष रमेशप्रसाद यादवका अनुसार भेलामा गाउँपालिकाभरीका यादवहरुको भेला रहने गरि सनिबारको कार्यक्रमको तयारी पुरा भएको जानकारी दिनुभयो ।
गाउँका यादवहरुको बीचमा एकता, सद्भाव, सामाजिक विकास, सहयोग र भाईचारा सहित सामुदायिक विकासमा जोड दिने र यदुवंशीहरुको एकता गर्ने उदेश्यका साथ नेपाल यादव सेवा समितिले भोक्राहा नरसिंह कार्यसमिति चयन गर्ने गरि भेला आयोजना गरिदैछ । भोक्रहा नरसिंह ३ को रामजानकी मन्दिरमा एक समारोहबीच यादव सेवा समितिले प्रथम अधिवेशन तथा भेलामा गाउँपालिका क्षेत्रमा बसोबास गरिरहेका विभिन्न काम, पेशा व्यवसायका सबै यदुवंशी यादवहरुको उपस्थितीमा नयाँ समिति गठन गरीने जनाएको छ ।
अधिवेशनको सबै तयारी पुरा भएको र अथितिहरुलाई समेत बोलाइएको आयोजक समितिका सुकदेव यादवले जानकारी दिनुभयो । भोक्राहा नरसिंह गाउँपालिकामा यादव सेवा समितिको भव्य कार्यक्रम गर्ने तयारी भएको अर्का सदस्य मिथलेश यादवले जानकारी दिनुभयो । यसअघि नेपाल यादव सेवा समितिको कोशी गाउँपालिका र दुहवी नगरपालिका अधिवेशन सम्पन्न भईसकेको छ । सबै स्थानीय तहको सकेर जिल्ला भेला तथा अधिवेशन गर्ने यादव सेवा समितिका अध्यक्ष भुवनेश्वर यादवले जानकारी दिनुभयो ।