ममता कुमारी यादव । इनरुवा

जनतासँग माओवादी विशेष रुपान्तरण अभियानको क्रममा नेकपा माओवादी केन्द्र इनरुवा नगर कमिटिको बिस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रम सनिबार सम्पन्न भएको छ । पार्टीको तीन महिने अभियान अन्तर्गत पार्टीले इनरुवाको नगर पदाधिकारी, नेता कार्यकर्तालाई प्रशिक्षण दिएको हो ।

सनिबार माओवादी केन्द्रका नेता एवम् पूर्व प्रदेश अर्थमन्त्री जीवन आचार्यको प्रमुख आथित्यतामा विस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो । बैठकमा सहभागी हुनुभएका प्रमुख अथिति आचार्यका अनुसार माओवादी केन्द्रको अभियान वडा, टोलसम्म पुर्याउने गरि प्रशिक्षण दिइने कार्यक्रम रहेको छ । प्रशिक्षण कार्यक्रममा पार्टीको जिल्ला संयोजक योगेन्द्र मण्डल, इनरुवाको नगर अध्यक्ष तोया गिरी, नेता रमेश भट्टराई सहितको उपस्थित रहेको थियो । कार्यक्रममा संविधान सभा सदस्य सन्तोष थारूले पार्टीको योजना र गरेको प्रगति बारेमा आमनागरिकलाई जानकारी दिन अभियान थालेको बताउनुभयो ।
नगर अध्यक्ष तोया गिरी पोदारका अनुसार नेकपा(माओवादी केन्द्र) इनरुवा नगर कमिटिको विस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रममा इनरुवा नगरपालिकामा अभियानको संयोजक भएर आउनुभएका केन्द्रीय सदस्य तथा कोशी प्रदेसका पूर्ब अर्थ मन्त्री जीवन आचर्याको प्रमुख आथित्यता रहेको थियो । इनरुवा नगरमा जिम्मेवारी पाउनुभएका जिल्ला संयोजक योगेन्द्र मण्डल(पप्पु मण्डल),दिनेस चौधरी सहितको उपस्थीतामा अभियान कार्यक्रम सम्पन्न गरिने जनाएको थियो । नगरको १० वटैवार्डमा जिम्मेवारी तोकिएको जनाएको छ । इनरुवा वार्ड नं. १ मा शंकर शापकोटा, २ नं.वडामा बिमला पोख्रेल, ३ मा दिनेस चौधरी, ४ मा तोया गिरि पोदार, ५ मा धुर्ब पण्डित, ६ मा दुर्गेस चौधरी, ७ मा झबरु चौधरी, ८ मा रमेस भट्टराई ,९ मा पप्पु मण्डल र १० मा जीवन आचर्य÷मुख्तार आलमलाई घर घरमा माओवादी जनजनमा माओवादी अभियानको जिम्मेवारी तोकिएको जनाएको छ ।


जिल्ला सहित देशभर नै भदौ १६ गतेबाट मंसिर १६ गतेसम्मका लागि तीन महिने अभियानको कार्यक्रम सुरु हुदैछ । यसका सबै वडा तथा नगर, गाउँमा जिम्मेवारी तोकिएको पार्टीले जनाएको छ ।