इनरुवा, भदौ १२ गते । जनतासँग माओवादी विशेष रुपान्तरण अभियानको क्रममा नेकपा माओवादी केन्द्र इनरुवा ९ नम्बर वडा कमिटिको बैठक मंगलबार सम्पन्न भएको छ । पार्टीको तीन महिने अभियान अन्तर्गत पार्टीले इनरुवाको ९ नम्बर वडाका पदाधिकारी, नेता कार्यकर्ताको बीचमा बैठक सम्वन्न गरेको हो । सम्पन्न बैठकले माओवादी केन्द्रको पार्टी सर्कुलर अनुसार भदौ १६ गते भव्य कार्यक्रम गर्ने , त्यसका लागि सुकुम्बासीहरुसंग अन्तरकृया, पार्टीको अभियानका बारेमा जानकारी दिने र लेवि बुझाउने विषयमा निर्णय गरेको छ ।

पार्टी नेता एवम् सुनसरी इन्चार्ज मणी खम्बु किरातीको प्रमुख आथित्यता तथा पार्टीको जिल्ला संयोजक योगेन्द्र मण्डलको विषेश आथित्यतामा बैठक सम्पन्न भएको थियो । सम्पन्न भएको बैठकले इनरुवाको जिल्ला सदस्य एवम् नेता रमेश भट्टराई, नगर सदस्य तथा वडा इन्र्चाज जयकृष्ण यादव, प्रमोद यादव सहितको उपस्थित रहेको थियो ।

कार्यक्रममा जिल्ला सदस्य रमेश भट्टराईले पार्टीको योजना र गरेको प्रगति बारेमा आमनागरिकलाई जानकारी दिन अभियान थालेको बताउनुभयो । नेकपा(माओवादी केन्द्र) इनरुवा वडा कमिटिका अध्यक्ष लक्ष्मण यादवको अध्यक्षतामा बैठक सम्पन्न भएको थियो । बैठकमा सहभागी हुनुभएका प्रमुख अथिति किरातीका अनुसार माओवादी केन्द्रको अभियान वडा, टोलसम्म पुर्याउने गरि प्रशिक्षण दिइने कार्यक्रम रहेको छ । उता पार्टीको इनरुवा वार्ड नं. १ मा शंकर शापकोटा, २ नं.वडामा बिमला पोख्रेल, ३ मा दिनेस चौधरी, ४ मा तोया गिरि पोदार, ५ मा धुर्ब पण्डित, ६ मा दुर्गेस चौधरी, ७ मा झबरु चौधरी, ८ मा रमेस भट्टराई ,९ मा पप्पु मण्डल र १० मा जीवन आचर्य÷मुख्तार आलमलाई घर घरमा माओवादी जनजनमा माओवादी अभियानको जिम्मेवारी तोकिएको जनाएको छ ।
जिल्ला सहित देशभर नै भदौ १६ गतेबाट मंसिर १६ गतेसम्मका लागि तीन महिने अभियानको कार्यक्रम सुरु हुदैछ । यसका सबै वडा तथा नगर, गाउँमा जिम्मेवारी तोकिएको पार्टीले जनाएको छ ।