जयकृष्ण यादव । इनरुवा
इनरुवा, भदौ १६ गते । सुनसरीको १२ वटै स्थानीय तहको १२४ वटै वडामा एकसाथ ‘घर–घरमा माओवादी, जन–जनमा माओवादी’ अभियान उद्घाटन गरिएको छ । जिल्लादेखी केन्द्रिय नेताहरुले वडावडामा अभियानको उद्घाटन गरेका छन् ।
इनरुवा नगरपालिका ९ बबियामा वृक्षारोपण गरेर ‘घर–घरमा माओवादी, जन–जनमा माओवादी’ अभियान उद्घाटन गरेको पार्टीका जिल्ला संयोजक योगेन्द्र मण्डल पप्पुले जानकारी दिनुभयो ।
मंडलका अनुसार नेताकार्यकर्ताहरु र स्थानीयहरुको सहभागितामा शिशुनिकेतन आधारभुत विद्यालय बबियामा वृक्षारोपण गरेर ‘घर–घरमा माओवादी, जन–जनमा माओवादी’ अभियान उद्घाटन भएको हो ।


वृक्षारोपण कार्यक्रम वडा अध्यक्ष लक्ष्मण यादवको अध्यक्षतामा गरिएको थियो । त्यसैगरी जनतासंग अन्तरकृया कार्यक्रम समेत गरेको थियो ।
उता इनरुवा २ मा समेत ‘घर–घरमा माओवादी, जन–जनमा माओवादी’ मुख्य नारासहित शनिबार नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ को पहिलो दिन वृक्षारोपण र पार्टी कार्यालय उद्घाटन गरिएको छ । पार्टीको विशेष रुपान्तरण अभियान अन्तर्गत २ नम्बर वडामा पार्टीका संयोजक योगेन्द्रप्रसाद मण्डल(पप्पु)को प्रमुख आतिथ्य, वडा अध्यक्ष रमेश कुमार मण्डलको अध्यक्षता र २ नं.वडा कमिटी इन्चार्ज विमला पोख्रेलको उपस्थितिमा वडा पार्टी कार्यालय उद्घाटन तथा वृक्षारोपण कार्य सम्पन्न गरिएको जनाएको छ ।


इनरुवाको सबै वडा सहित जिल्लाका ६ गाउँपालिका, ४ नगरपालिका र २ उपमहानगरपालिकाका १२४ वडामा अभियान सुरु भएको छ । अभियानमा केन्द्रीय सदस्य तथा कोशी प्रदेशका पूर्वमन्त्री जीवन आचार्यले इनरुवा ४ को कार्यक्रममा सहभागी हुनुभयो । जिल्लाका नेता कार्यकर्ताहरू वडामा भएका कार्यक्रममा सहभागी भएका छन् । केन्द्रीय सदस्य आचार्यले भन्नुभयो, “अभियानले नेता कार्यकर्तामा उत्साह ल्याएको छ । आजको कार्यक्रममा अपेक्षा गरिएको भन्दा बढी सङ्ख्यामा जनताको सहभागिता छ । अभियानमा हामी जनताको घरमा गएर जनताको समस्या र माओवादी र सरकारप्रतिको बुझाइका बारेमा छलफल र अभियान गर्नेछौँ ।” घर–घरमा माओवादी, जन–जनमा माओवादी तथा जनतासंग माओवादी विशेष रुपान्तरण अभियानको क्रममा इनरुवाको प्रमुख स्मसान घाटको रुपमा रहेको स्वर्गद्वारी घाट सुनसरी खोलामा बृक्षारोपन गरि अभियान सुरु गर्न पाउदाँ खुसी लागेको बताउनुभयो ।

पूर्व मन्त्री जीवन आचार्य सहित पार्टीको इनरुवा अध्यक्ष तोया गिरी पौदार, पहल बहादुर कटुवाल सहित रहनुभएको थियो । सबै सक्रिय सदस्यहरु तीन महिने अभियानमा जुटेका छन् ।
उता भोक्राहा नरसिंह ७ कालीथान मन्दिरमा अभियानकै क्रममा सरसफाई गरिएको नेता ओके दाहालले जानकारी दिनुभयो ।
हरिनगर गाउँपालिकाको ३ नं वार्ड जनता मावि गौतमपुरमा सरसफाई अभियान गरेर उदघाटन गरिएको छ । हरिनगर अध्यक्ष भगवती प्रसाद महतोको अध्यक्षतामा भएको उद्घाटन समाहरोमा नेकपा माओवादी केन्द्रका कोशी प्रदेश कोषाध्यक्ष गगन पुरीको प्रमुख अतिथित्यता रहेको थियो । पुरीले प्रमुख समस्या मोबाइल टावर ल्याउने प्रतिवद्धता राख्नुभयो ।
उता बर्जु, देवानगञ्ज, गढी र दुहवी लगायतका क्षेत्रमा समेत सक्रिय सदस्यहरुको सहभागीतामा तीन महिने अभियान उद्घाटन गरेका छन् ।