नेकपा माओवादी केन्द्रको पार्टीको टोल कमिटि गठन तथा विस्तार सहित घरघरमा आयोवादी जनजनमा माओवादी अभियानलाई टोलटोलमा पुर्याएको छ । टोलमा पुगेको माओवादीले इनरुवा ९ बबिया चोखरी चौकमा टोल कमिटि बिनोद कुमार यादवको संयोजकत्वमा १५ सदस्य समिति निर्माण गरेको छ ।


यसैबीच जनतासंग माओवादी बिशेष रुपान्तरण अभियान अन्तरगत इनरुवा ९ को पोखरी चोक टोलमा अखिल नेपाल महिला संघ(क्रान्तिकारी) सुनिता शर्माको संयोजकत्वमा १५ सदस्य समिति, पार्टीको टोल कमिटि बिनोद कुमार यादवको संयोजकत्वमा १५ सदस्य पोखरी चोक टोल कमिटि गठन गरेको नेकपा माओवादी केन्द्रका सुनसरी संयोजक योगेन्द्र मण्डल पपुले जानकारी दिनुभयो ।

मण्डलका अनुसार पार्टीको टोल कमिटि सहसंयोजकमा चन्दनकुमार ठाकुर, भुमिहिन सुकुम्बासीहरुको समस्या समाधानमा पहल तथा भ्रष्टाचार विरुद्ध संघर्ष सहित निर्माण भएको छ । टोल भेला पार्टीको इनरुवा ९ बबियाका अध्यक्ष लक्ष्मण यादवको अध्यक्षता तथा मण्डलको प्रमुख आथित्यता र पार्टीका वडा इन्र्चान जयकृष्ण यादव, सहइन्चार्ज प्रमोख यादव, प्रदेश कमिटि सदस्य दिनेश चौधरी, नेता जुमराती खाँ, असोक शर्मा, नगर सदस्य पावर्ती शर्मा सहितको उपस्थिती रहेको थियो । कमिटिका संयोजकहरुले जनताको पक्षमा काम गर्ने प्रतिवद्धता जनाएका छन् ।


उता सुनसरी संयोजक योगेन्द्र मण्डल पपुका अनुसार भुमिहिन सुकुम्बासीहरुको समस्या समाधानमा पहल तथा भ्रष्टाचार विरुद्ध संघर्ष समिति इनरुवा ९ बबियाका रामेश्वर खत्वेको संयोकत्वमा १५ सदस्य समिति गठन भएको छ । भ्रष्टाचार विरुद्ध बोल्न र आफूहरुको समस्यालाई सम्बन्धित निकायसम्म लान समिति गठन गरेको जनाएको छ । समितिको सहसंयोजकमा चन्दन कुमार ठाकुर, सदस्यहरुमा हरि मेहता, रामकुमार शर्मा, भिखो शर्मा खत्वे, फुदन ठाकुर, मिना मेहता, रिनादेवी खत्वे, बैजु गुप्ता, शंकर यादव, विधानन्द ठाकुर, दिप्की शर्मा, पुनम खत्वे र कविता यादव रहनुभएको छ ।