जयकृष्ण यादव । इनरुवा
इनरुवा, भदौ २८ गते । तीन पुस्तादेखी भुमिहिन सुकुम्बासी रहनुभएका इनरुवा ९ बबियाका रामेश्वर खत्वेले भ्रष्टाचार विरुद्ध बोल्ननसकेको कारणले सुकुम्बासी समस्या समाधान नभएको गुनासो गर्नुभएको छ । विगतमा ठूला राजनीतिकहरुले आधा सतावदिदेखी सुकुम्बासी समस्या समाधान गर्ने, रोजगारी दिने , शिक्षा, स्वास्थ्यको ग्यारेण्टी गर्ने आश्वसन दिदै भोट लिने तर त्यसको विपरित काम भन्दा भ्रष्टाचारमा लिप्त भएको भन्दै भ्रष्ट र भ्रष्टाचारी विरुद्ध पुरै गाउँलाई जुरुक्क उचाल्ने हिम्मत गरेको बताउनुभएको छ ।
खत्वेले गरिब, विपन्न र सुकुम्बासीहरुको निणर्यक भोट भएकाले कहिले मासु त कहिले रक्सी र कहिले केही रकमको प्रलोभनमा पारि भोट लिने तर काम नगर्ने प्रवृति हावि भएकाले भ्रष्टाचार विरुद्ध अभियान चलाउने र सुकुम्बासी समस्या समाधान गर्ने प्रतिवद्धता सहित सडकमा आएको बताउनुभएको छ ।
भ्रष्टाचारले गाउँका सुकुम्बासीलाई समेत नछाडेपछि कयौ गल्दै गएको जिउज्यानका व्यक्तिहरु समेत भ्रष्टको प्रतिकारका लागि मजबुद ढंगले उभिने गरि अभियान थालेका छन् ।
अर्का स्थानीय द्रोपती चौधरीले सुकुम्बासीको नाममा आएको टुवेल(कल), पोलबती, निशुल्क स्वास्थ्य विमा, राहत लगायतका कार्यमा भ्रष्टाचार गरेको भन्दै छानबिन गरी कारबाही गर्ने सरकारी निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोग र स्थानीय प्रशासनका अधिकारीले समेत भ्रष्टाचारीलाई संरक्षण दिन थालेपछि सुकुम्बासीको समस्या समाधान नभएको दावी गर्नुभयो ।
नेकपा माओवादी केन्द्रले थालेको तीन महिने अभियान अन्तरगत इनरुवा नगरपालिका ९ बबियामा गरेका जनजनमा माओवादी , घरघरमा माओवादी अभियानका क्रममा सुकुम्बासीहरुले आफूहरुको समस्या समाधान नभएको गुनासो गर्दै समाधान रोज्न र भ्रष्टाचर विरुद्ध बोल्न समिति नै गठन गरेको छ ।
जती जोगि आएपनि काने चिरे जस्तो भएकाले आट र साहास गरेर इनरुवा ९ बबियाको पोखरीचौक गाउँमा गाँसबासका लागि संघर्ष गर्दै आएका सुकुम्बासीहरु आफै भ्रष्टाचारबिरुद्ध संगठित हुन थालेका स्थानीय पावर्ती शर्मा खत्वेले जानकारी दिनुभयो ।
एकातिर घरबासको, अर्कातिर भ्रष्टचारको लडाइँ लड्नु छ, दुवै मोर्चामा खरो उत्रँदैछौ हामीहरु खत्वेले भन्नुभयो ।
गाउँमा ठूला राजनीतिक दल एमाले र कांग्रेस नेता तथा कार्यकर्ताहरूले गरिबका झुपडीमा समेत विगतमा सकुम्बबासी फारम भर्ने नाममा प्रतिघर दुई सय ५० देखि पाँच हजार रुपियाँ उठाएर खाइदिएको र हालसम्म कुनै धनीपुर्जा नदिएको भन्दै सुकुम्बासीहरू आरोष पोखेका छन् ।
स्थानीय श्रवण शर्माले सुकुम्बासी समस्या समाधान गर्न र भ्रष्टाचार विरुद्धको लडाइँमा आफूहरु लागेको बताउनुभयो । गाउँमा घरवास बनाउने जग्गा समेत नभएका गरिबहरूबाट विगतमा पैसा खानेहरूको पोल खोल्दै र भरिएको फारमहरु वडा कार्यालयमा थन्काएर राखेको सवाल र आफूहरुको नाममा आएको बजेट को कस्ले खाएको, मासेको र कागज मिलाएर खाएको ? त्यसका बारेमा निरन्तर लडिरहने अर्का स्थानीय रिना शर्माले बताउनुभयो ।
इनरुवाभरीमा तीन हजारको संख्यामा र इनरुवा ९ बबियामा मात्रै दुई सय ४६ सुकुम्बासीहरुले पटक पटक फारम भर्दा समेत हालसम्म निसा र प्रमाण पत्र पाउन नसकेको अवस्था रहेको स्थानीय विनोद यादवले बताउनुभयो ।
नेकपा माओवादी केन्द्रका सुनसरी संयोजक योगेन्द्र मण्डल पपुका अनुसार भुमिहिन सुकुम्बासीहरुको समस्या समाधानमा पहल तथा भ्रष्टाचार विरुद्ध संघर्ष समिति इनरुवा ९ बबियाका रामेश्वर खत्वेको संयोकत्वमा १५ सदस्य समिति गठन भएको छ । भ्रष्टाचार विरुद्ध बोल्न र आफूहरुको समस्यालाई सम्बन्धित निकायसम्म लान समिति गठन गरेको जनाएको छ । समितिको सहसंयोजकमा चन्दन कुमार ठाकुर, सदस्यहरुमा हरि मेहता, रामकुमार शर्मा, भिखो शर्मा खत्वे, फुदन ठाकुर, मिना मेहता, रिनादेवी खत्वे, बैजु गुप्ता, शंकर यादव, विधानन्द ठाकुर, दिप्की शर्मा, पुनम खत्वे र कविता यादव रहनुभएको छ ।
यसैबीच जनतासंग माओवादी बिशेष रुपान्तरण अभियान अन्तरगत इनरुवा ९ को पोखरी चोक टोलमा अखिल नेपाल महिला संघ(क्रान्तिकारी) सुनिता शर्माको संयोजकत्वमा १५ सदस्य समिति, पार्टीको टोल कमिटि बिनोद कुमार यादवको संयोजकत्वमा १५ सदस्य पोखरी चोक टोल कमिटि गठन गरेको नेकपा माओवादी केन्द्रका सुनसरी संयोजक योगेन्द्र मण्डल पपुले जानकारी दिनुभयो । मण्डलका अनुसार पार्टीको टोल कमिटि सहसंयोजकमा चन्दनकुमार ठाकुर, भुमिहिन सुकुम्बासीहरुको समस्या समाधानमा पहल तथा भ्रष्टाचार विरुद्ध संघर्ष सहित निर्माण भएको छ । टोल भेला पार्टीको इनरुवा ९ बबियाका अध्यक्ष लक्ष्मण यादवको अध्यक्षता तथा मण्डलको प्रमुख आथित्यता र पार्टीका वडा इन्र्चान जयकृष्ण यादव, सहइन्चार्ज प्रमोख यादव, प्रदेश कमिटि सदस्य दिनेश चौधरी, नेता जुमराती खाँ, असोक शर्मा, नगर सदस्य पावर्ती शर्मा सहितको उपस्थिती रहेको थियो । कमिटिका संयोजकहरुले जनताको पक्षमा काम गर्ने प्रतिवद्धता जनाएका छन् ।

१, सुनसरीको इनरुवा नगरपालिका ९ बबियामा गठन भएको भ्रष्टाचार विरुद्धको संघर्ष समितिका सदस्यहरु ।
तस्विर ः जयकृष्ण यादव । इनरुवा