गनेश यादव । सितल यादव

भोक्राहा नरसिंह, असोज ३ गते । सुनसरीको सीमावर्ती भोक्राहा नरसिंह गाउँपालिकामा स्काउट टु्रफले संविधान दिवसको अवसरमा बुधबार वृक्षारोपण गरेको छ । भोक्राहा नरसिंह गाउँपालिका ७ मा रहेको नरसिंहनाथ महादेव बाबा शिवालायमा वृक्षारोपण गरी संविधान दिवस मनाइएको हो ।

सरस्वती माध्यमिक विद्यालय इनरुवा ९ बबियाको सरस्वती स्काउट ट्रूफको अध्यक्ष सितल यादवको अध्यक्षतामा भएको वृक्षारोपण कार्यक्रममा सरस्वती स्काउटरका सम्पूर्ण विद्यार्थी, सञ्चारकर्मी र नागरिकहरुको सहितको सहभागिता रहेको थियो ।


विभिन्न प्रजातीको विरुवा रोपेर संविधान दिवस मनाइएको सरस्वती ट्रूपको अध्यक्ष सितल यादवले जानकारी दिनुभयो । वृक्षारोपण कार्यक्रममा सरस्वती माध्यमिक विधालय बबियाका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जयकृष्ण यादव, नरसिंह महादेव बाबा मन्दिर समितिको सचिव रमेश यादव, नेपाल पत्रकार महसंघका जिल्ला सदस्य दिपेन्द्र यादव, आवार सुनसरी डटकमका सञ्चालक गणेश यादव ,समाजसेवी रतिलाल मेहता, मूलचन यादव, विजल शाह, सत्रुधन यादव लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा स्काउटरहरु सितल यादव, धिरज यादव, मिथलेश यादव, मनिष यादव, राहुल यादव, अमन मेहता, बबी यादव, मधु यादव, रुबी यादव, बिविका यादव, अस्मिता यादव, आरती यादव लगायतले स्वयंसेवीको रूपमा योगदान गर्नुभएको थियो ।


स्थानीय तह प्रसिद्धस्थलको रूपमा रहेको नरसिंहनाथ महादेव बाबा मंदिर धार्मिक महत्वका साथ गरिएको वृक्षारोपण कार्यक्रममा सहभागीलाई आयोजकले धन्यवाद दिनुहुँदै टोलीलाई स्वागत तथा सम्मान गर्नुभएको थियो ।
दिवशको अवसरमा आयोजित कार्यक्रममा सरस्वती मा.वि.का विव्यस अध्यक्ष जयकृष्ण यादवले सुनसरी खोला र धार्मिक स्थलमा हरियाली बढाउने, पर्यावरण संरक्षण गर्ने, हाराभारा राख्ने, धार्मिक पर्यटकलाई आक्रर्षित गर्न वृक्षारोपण कार्यक्रम प्रभावकारी भएको बताउनुभयो ।
त्यसैगरी नरसिंह महादेव बाबा मन्दिर समितिका सचिव रमेश यादवले गाउँगाउँमा संविधान दिवसको बारेमा जानकारी दिन समेत वृक्षारोपण कार्यक्रमले सार्थक सन्देश प्रवाह गरेको बताउनुभयो । त्यसैगरी समाजसेवी रतिलाल यादवले २०७२ मा नेपालको संविधान जारी भएपछि सरकारले विविध कार्यक्रमको आयोजना गरी संविधान दिवस मनाउँदै आएकोमा ८ वर्षपछि पहिलो पटक गाउँमा स्काउटले संविधान दिवश मनाएकोमा सुखी व्यक्त गर्नुभयो ।


संविधान दिवशको अवसरमा वृक्षारोपण कार्यक्रम नरसिंह महादेव बाबा मन्दिर समिति, नेपाल यादव सेवा समितिको समन्वय, सरस्वती माध्यमिक विद्यालय इनरुवा ९ बबियाको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जयकृष्ण यादवको सहजिकरण, सरस्वती स्काउट ट्रूफको अध्यक्ष सितल यादवको आयोजना तथा सत्य संसार साप्ताहिक, जनन्युज डटकम, आवरसुनसरी डटकम, इन्सेक सुनसरी सहितको सहकार्यमा सम्पन्न भएको थियो ।


१, भोक्राहा नरसिंह गाउँपालिकाको वडा नम्वर ७ स्थित बाबा शिवालयमा स्काउटले वृक्षा रोपण गर्दै ।
तस्विर ः जयकृष्ण यादव । इनरुवा