जजन्युज । भुटाहा सुनसरी
सुनसरीको हरिनगर गाउँपालिका १ का वडा अध्यक्ष प्रविण प्रसाद गुप्ताको सम्पती र पसलको छानविन गर्नुपर्ने वडाबासीले माग गरेका छन् । वडामा ढिलासुस्ती र कामचोर प्रवृति हावी भएको विषयमा रिर्पोेटिगमा पुगेको जजन्युज र सत्यसंसारको टीमसंग वडाबासीले सीमामा तस्कारी गर्दै हाल जनप्रतिनिधि बनेका हरिनगर गाउँपालिका १ का वडा अध्यक्ष प्रविण प्रसाद गुप्ताको सम्पती र उसको खादमल तथा विषाधी पसलको छानविन गर्नुपर्ने माग गरेका छन् ।
जनप्रतिनिधि नहुदाँ चीनी र मलको तस्कारी गर्दै आएका गुप्ता २०७९ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट हरिनगर गाउँपालिका १ का वडा अध्यक्षमा निर्वाचित प्रविण प्रसाद गुप्ताको गतिविधि संकास्पद रहेकाले व्यक्ति, उसको सम्पती र उसको घरमा रहेको पसलको समेत छानविन गर्नुपर्ने वडाबासीले माग गरेका छन् ।
वडामा जनप्रतिनिधिको शक्तीको आडमा बसेको विकृति र विसंगतिलाई कम गर्न समेत वडाअध्यक्ष गुप्ताको पसल र उसको सम्पती छानबिनको माग स्थानीयहरुले गरेका हुन् ।
कार्यालयमा नबसी सुविधा लिने, वडा भन्दा घरको पसलमा भारतीय बजारको तस्कारीको मल र विषधी विक्रि गर्ने गरेकाले अवैध रुपमा गर्ने खाद पसल सहित उसको सम्पत्ति छानविनको माग उठाएका हुन् ।
वडा अध्यक्ष गुप्ता भने वडामा नबसेर पनि घरमै बसी वडाको पंखा खोलेर हावा खादै आएको सत्य भिडियो मिडियामा र सामाजिक सञ्जालमा बाहिर आएपछि भाडाका केही व्यक्तिलाई प्रतिकृया दिदै ११ बजे गएर आफै ४ बजे फर्केको स्विकार गरेका छन् । पंखा चलेको विषयमा अकमकिएको देखिन्छ । गुप्ताको घरमा मंगलबार पुग्दा बाहिर रहेको र बुधबार साझ यो समाचार तयार पार्दा प्रतिकृया लिन ९८०३७89478वडा अध्यक्ष गुप्ता भने सम्र्पकमा आउन चाहेन ।