रविन्द्र यादव । इनरुवा
नेकपा माओवादी केन्द्रमा इनरुवा नगरपालिका बबिया र हरिनगर गाउँपालिकाको भुटाहाका स्थानीय हरु प्रवेश गरेका छन। सुनसरीको हरिनगर गाउँपालिका १ भुटाहा निवासी एवम् पूर्व प्रधानाध्यापक राजु गुप्ता सहितका स्थानीयहरु प्रवेश गरेका छन। गुप्ताले एमाले र काग्रेसको कारण नागरिक असुरक्षित भएको र आफुलाई पनि पिडा दिएकाले माओवादी केन्द्रमा प्रवेश गरेको बताउनु भयो। त्यसैगरीनेकपा माओवादी केन्द्रमा इनरुवा नगरपालिका बबियाका एमाले कार्यकर्ता उपेन्द्र यादव, जितेन्द्र यादव, प्रदिप यादव र भोलि प्रसाद यादव सहितका स्थानीयहरु प्रवेश गरेका छन । त्यसैगरी युवा नेता अमितकुमार मेहता, ललित शर्मा, अरुण शर्मा, मनोज शर्मा, रंजित शर्मा, सन्तोश मेहता, दिलिप कुमार शर्मा, सन्तोश मेहता, मिश्रीलाल शर्मा र लोचन शर्मा सहित दर्जन बढी स्थानीयहरु माओवादीमा प्रवेश गरेका छन ।


नव प्रवेशीहरुलाइ पार्टी जिल्ला संयोजक योगेन्द्र मण्डल पप्पु, जिल्ला सदस्य रमेश भट्टराई, इनरुवा नगरपालिका ९ का अध्यक्ष लक्षमण यादव, इन्चार्ज जयकृष्ण यादव, सह इन्चार्ज प्रमोद यादव, जुमराती खां सहितले अबिर टिका लगाएर पार्टीमा स्वागत गर्नु भएको थियो।