मानव अधिकार विषयक जिल्ला स्तरिय छलफल कार्यक्रम सम्पन्न भएको छ। जिल्ला प्रशासन कार्यालय सुनसरीको आयोजनामा मानव अधिकार विषयक जिल्ला स्तरिय छलफल कार्यक्रम सम्पन्न भएको हो। प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा अधिकार कर्मीहरू बाल सुधार परियार, तोया गिरी, जयकृष्ण यादव, सहजादी प्रविण , सोनिया खातुन, योसा गुरागाँई, रमेश भट्टराई सहितको उपस्थिति रहेको थियो।

नागरिकको स्वास्थ्य र उपयोक्ता अधिकार लाइ ध्यान मा राख्नु पर्नेमा जोड दिएका छन्। मानव अधिकार राष्ट्रिय कार्यविधि र निर्देशिकाको कार्यान्वयन गर्न, निति लाइ नैतिकतामा ख्याल गर्नुपर्ने, विधालय अनुगमन गर्नु पर्ने सवाल उठाएका थिए। जिल्लाको मानव अधिकारको अवस्थाको बारेमा छलफल भएको छ।