सनुसरीमा शुत्रबार जिल्ला स्तरीय समाजवादी मोर्चाको सन्देश सभा तथा घोषणा सभाको तयारी पुरा भएको छ ।

आज इनरुवामा समाजवादी मोर्चाको सन्देश सभा र घोषणा सभाको सबै तयारी पुरा भएको विषयमा जनता समावादी पार्टी नेपालका अध्यक्ष भगीरथ खत्वे , नेकपा(एकिकृत समाजवादी) का अध्यक्ष गोबिन्द निरौला, नेकपा(माओवादी केन्द्र)का अध्यक्ष योगेन्द्र मण्डल(पप्पु) र नेपाल कम्युनिष्ट पार्टी (सि) का इन्चार्ज डीबी सी सहितले पत्रकार सम्मेलन गरी जानकारी दिनुभयो ।

पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार संघिय लोकतान्त्रिक गणतन्त्रको रक्षा, विकास, लोकतन्त्रको सुदृढीकरण, सुशासन,समृद्धी र सामाजिक आार्थिक न्याय सहितको नेपाली समाजवाद स्थापना गर्ने मुल उद्धेश्य सहित केन्द्रीय तहमा समाजवादी मोर्चा नेपाल घोषणा भएको सर्वविदीतै छ भनिएको छ । नेपाली समाजमा रहेको बर्गिय, जातिय, लिंगीय र क्षेत्रिय असमानताको अन्त्य गर्दै नेपाली विशेषता सहितको समाजवादको आधार तयार गर्न घोषित यस मोर्चाको प्रदेश र जिल्ला तहमा समेत संयन्त्र घोषणा गर्ने केन्द्रीय निती रहेको जनाएको छ । सोही अनुसार यस सुनसरी जिल्लामा समेत नेकपा(माओवादी केन्द्र), नेकपा(एकीकृत समाजवादी) जनता समाजवादी पार्टी नेपाल र नेपाल कम्युनिष्ट पार्टी सि सम्मलित समाजवादी मोर्चा जिल्ला सम्योजन समिती सुनसरीको घोषणा गर्न लागेको जनाएको छ । पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार यस ऐतिहासिक समाजवादी मोर्चा नेपाल जिल्ला सम्योजन समिती सुनसरीको घोषणाको अवसरमा संघिय गणतन्त्र स्थापनार्थ सन्चालित महान जनयुद्ध, जनआन्दोलन, मधेस आन्दोलन, दलित तथा आदीवासीजनजाति आन्दोलनमा जिवन बलिदान गर्नु हुने महान शहिदहरु प्रति भावपुर्ण श्रद्धान्जली अर्पण गर्दै बेपत्ता योद्धाहरु,घाइते तथा जन योद्धाहरु प्रति उच्चसम्मान व्यक्त गर्न सभाको आयोजना गरेको छ ।


नेपाली जनताको त्याग बलिदान वाट स्थापित समाजवाद उन्मुख संघिय गणतन्त्र, संविधानमा स्थापित मुल्यमान्यता, समानुपातिक समावेशीता, शिक्षा,स्वास्थ्य, रोजगारी लगायत मौेलिक हक, अधिकारहरुलाई व्यवहारमा कार्यान्वयन गर्दै, परिवर्तनलाई संस्थागत गर्दै समाजवादको यात्रामा अगाडी बढ्नु हाम्रो कार्यभार हुन भने संविधानको मर्म माथी , संघियता,गणतन्त्र माथी भईरहेको प्रहार, विभिन्न प्रकारका अतिवादी र अराजक गतिविधी हाम्रा चुनौती हुन विज्ञप्तीमा भनिएको छ । माथीका चुनौतीलाई समना गर्दै संविधानको मर्म र भावनालाई स्थापित गर्दै आम नागरिकमा सुशासन र समृद्धीको अनुभुति गराउनु सरकारको नेतृत्व समेत गरी रहेको यस मोर्चाको तत्कालिन कार्यभार हुन । उपरोक्त विषयहरुमा समान धारणा रहने पार्टीहरु बिच सहकार्य गर्दै जाने यस मोर्चाको योजना रहेको छ । यी अभिभाराहरु पुरा गर्न मोर्चा आवद्ध पार्टीहरुको जिल्ला तहमा सम्योजन समिती घोषणा तथा मोर्चाको उदेश्य, आगामी प्रतिबद्धताहरु आम नागरीक समक्ष पु¥याउन सन्देश सभा गर्न लागी रहेका छौ । यही असोज २६ गते विहान ११ बजे ईनरुवा स्थित निर्माण व्यवसायी संघ सुनसरीको सभाहलमा हुने घोषणा तथा सन्देश सभामा सहभागीताको लागी सुनसरी जिल्लावासी सवै परिर्वतनकारी, न्याय प्रेमी, समाजवादी आदरणिय जनसमुदायमा हार्दिक अपिल गर्दछौ । उक्त घोषणा तथा सन्देश सभालाई प्रमुख अतिथी नेकपा(माओवादी केन्द्र) केन्द्रिय सचिव तथा १ नं. प्रदेश ईन्चार्ज क.चक्रपाणी खनाल (बलदेव) लगायत नेताहरुले सम्बोधन गर्नु हुने समेत प्रेस विज्ञप्ती मार्फत जानकारी गराउनुभएको छ ।