कोशी प्रदेश सरकारको मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत प्राप्त गर्नुभएको छ ।
कुल ९१ प्रदेश सभा सदस्यमध्ये ८६ जना सदस्यको विश्वासको मत प्राप्त गर्नुभएको हो ।
एक जना प्रदेश सभा सदस्य अनुपस्थित रहनुभएको थियो । कार्कीको विश्वासको पक्षमा ८६ मत, विपक्षमा ५ मत र तटस्थमा ० मत रहेको छ । उपसभामुख सृजना दनुवारले दिनुभएको समय सिमा भित्र नेकपा एमालेको ३९ सहित नेपाली काग्रेंस, नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी, जनता समाजवादी पार्टीको समेत समर्थन सहित बहुमत जुटाएर मुख्यमन्त्री बनेका कार्की विश्वासको मत लिएर सरकारको नेतृत्व सहित मध्यावती निर्वाचनबाट प्रदेशलाई जोगाउनुभएको छ ।