राष्ट्रसंघका महासचिव भन्छन्- गाजामा अन्तर्राष्ट्रिय कानुनको उल्लंघन भयो
राष्ट्रसंघका महासचिव भन्छन्- गाजामा अन्तर्राष्ट्रिय कानुनको उल्लंघन भयोकाठमाडौँ — संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले गाजा क्षेत्रमा बिना सर्त दुवै पक्षले तत्काल युद्धविरामको घोषणा गर्नुपर्ने बताएका छन् । उनले इजरायली सेना र प्यालेस्टाइनको हमास समूह बिच चर्किएको द्वन्द्वले अन्तर्राष्ट्रिय कानुनको उल्लंघन भएको पनि बताएका छन् ।

१५ सदस्यीय राष्ट्र संघको सुरक्षा परिषद्लाई सम्बोधन गर्दै गुटेरेसले निर्दोष सर्वसाधारणहरूको अधिकारलाई दुवै पक्षले कुण्ठित पार्न नहुने र यसले द्वन्द्वलाई चर्काउन मात्रै मद्दत पुग्नेमा सचेत रहन समेत आग्रह गरेका थिए । ‘हमासले गरेको हमला शून्यतामा भएको होइन भनेर पनि बुझ्न जरुरी छ । प्यालेस्टिनी जनता ५६ वर्षदेखि दमनकारी कब्जामा परेका छन्,’ उनले भने ,’तर प्यालेस्टिनी जनताको गुनासोलाई हमासको डरलाग्दो आक्रमणलाई न्यायोचित ठहराउन सक्दैन । र त्यो डरलाग्दो आक्रमणहरूका कारण प्यालेस्टिनी जनता सामूहिक दण्डको भागी हुन सक्दैनन् ।’


