जयकृष्ण यादव । इनरुवा
इनरुवा, कार्तिक २८ गते । सुनसरीको इनरुवा नगरपालिकामा जनता समाजवादी पार्टी जसपा प्रवास कमिटी उपाध्यक्ष ( हाल कतार देश बस्नुहुने) मधुवन निवासी हुदै इनरुवा–४ निवासी मनिष यादवलाइ सम्मान गरेको छ । यादवको सम्मान तथा जसपाको प्रवासको संगठन सम्बन्धि छलफल गरिने कार्यक्रम सम्पन्न भएको छ।

आज कार्तिक २८ गते मंगलबार बिहान इनरुवा–२ स्थित पार्टीका नेता दिलिप चन्द साहको निवासमा जसपा कार्यालय सहितको नेताहरूले यादवलाइ सम्मान गरेको हो
सम्मानित यादवले पार्टीको काम विदेशमा बसेर पनि गर्दै आएको र सहयोग समेत बेलाबखतमा गर्दै आएको बताउनुभयो । सम्मानप्रति आभार व्यक्त गर्नुहुदै यादवले पार्टीको हितमा लाग्न सबैलाई आग्रह गर्नुुहदै पार्टीलाई २०८४ को चुनावमा धेरैभन्दा धेरै ठाउँमा तिलाउनुपर्ने र त्यसका लागि अहिलेदेखी नै जुट्न सुझाव दिनुभयो ।


पार्टीका केन्द्रिय सल्लाहकार समितिका सत्यनारायण मेहता, संघीय शिक्षक फोरमका अध्यक्ष सुमन मेहता, नेता रामचन्द्र मेहता, रामकुमार यादव, देवकृयण मेहता, देवराम यादव, रामवृक्ष साह, रविन्द्र यादव, सन्तोश यादव, महेन्द्र शर्मा खत्वे, महानन्द यादव, सिहेंश्वर मेहता सहितको उपस्थितिमा भब्यताका साथ कार्यक्रम सम्पन्न गरेको राष्ट्रिय मधेस समिति, जसपा नेपाल आइपी मुख्य सचिव दिलीपचन साहुले जानकारी दिनुभयो ।

https://www.youtube.com/channel/UCyhfCxwlHVZgyENm-6HeyNQ


कार्यक्रममा जिउदो शहिद रामचन्द्र मेहताले मधेस आन्दोलनको पहिलो घाईत भएपनि पार्टीले राज्यको निकायमा आफ्नो नाम सुचिकृत नगरेको गुनासो गर्नुभयो । मेहताले मधेस र मधेसीका लागि बलिदानी गर्ने जिउदो शहिद भएकाले मूल्याकन हुनुपर्नेमा जोड दिनुहुदै पार्टीले सम्मान नदिएपनि आन्दोलनमा गरेको योगदानलाई सम्झीदै मधेसबादको पक्षमा लागिरहने बताउनुभयो ।