इनरुवा, मंसिर २ गते । नेकपा माओवादी केन्द्रको देशभर जारी तीन महिने अभियानको क्रममा सुनसरीको इनरुवा नगरपालिकामा पार्टीले बैठक सहित शुभकामना कार्यक्रम सम्पन्न गरेको छ । नेकपा माओवादी केन्द्रले संचालन गरेको तीन महिने पार्टी रुपान्तरण विशेष अभियानको अन्त्यतिर आउदाँ भेटघाट र अभियानको कार्यक्रमलाई तिब्र पारिएको छ ।“घरघरमा माओवादी, जनजनमा माओवादी” नारा दिईएको जनतासंग माओवादी विशेष अभियानको क्रममा सनिबार पार्टीको इनरुवा नगरपालिका र वडाहरूका कमिटिको बैठक र शुभकामना कार्यक्रम सम्पन्न गरेको हो ।

सुनसरीको इनरुवा नगरपालिकामा पार्टीकोघर घरमा माओवादी बिशेष रुपान्तरण अभियानको समिक्षात्मक बैठक सम्पन्न भएको पार्टीका नगर अध्यक्ष तोया गिरी पौदारले जानकारी दिनुभयो । बैठक तथा थप योजना निर्माणका लागी इनरुवा नगरपालिकाका १० वटैवडामा रहेका सबै अगुवा नेताहरु, वडा, टोल र सेल कमिटिका अगुवाहरु बिच छलफल भएको जनाएको छ । समपन्न बैठकमा इनरुवा नगरपालिकाका अभियान संयोजक जीवन आचार्यको प्रमुख आथित्यता र जिल्ला संयोजक योगेन्द्र मण्डल, इनरुवा संयोजक तोया गिरी पोदार र अचार्यका सचिवालयका इश्वरी आचार्य सहितको उपस्थिति रहेको थियो । यसैबिच मंसिर २ गते शनिबार बिहान नेताकार्यकर्ता बीचमा तिहार र छठको शुभकामना आदान प्रदान कार्यक्रम जिल्ला पार्टी कार्यालय इनरुवामा गरेको जनाएको छ ।

कार्यक्रम प्रभावकारी र शुभकामना आदान प्रदान कार्यक्रम भव्य रुपमा भएको नेता रमेश भट्टराईले जानकारी दिनुभयो । अभियान अन्तर्गत नेकपा (माओवादी केन्द्र )को १० वटा वडामा १०० बढी टोक कमिटि र सेल कमिटिको गठन तथा बैठक सम्पन्न गरेको छ । अभियानका क्रममा पार्टीले गरेका राम्रा कामको प्रचार, जनताबाट पार्टीलाई आवश्यक सुझाब संकलन गर्ने र जरैदेखि पार्टीलाई बलियो बनाउने गरि संगठन निर्माण गरिने पार्टीले जनाएको छ ।