जयकृष्ण यादव । इनरुवा
इनरुवा, मंसिर ८ गते । सुनसरीको इनरुवा नगरपालिकामा संचालित सुरक्षित आप्रसान कार्यक्रम सामीले गरेको कार्यहरुको बारेमा स्विजरल्याण्डको ग्रिन पार्टीका अध्यक्ष तथा हेल्भेटासका अध्यक्ष रेगुला रिजले अनुगमन गर्नुभएको छ ।

सामीको कार्यक्रमहरु र स्थानीय तहमा परिचालनको अवस्थाका बारेमा अनुगमन रिजले अनुगमन गर्नुभएको हो । स्विजरल्याण्डको सासद समेत रहनुभएका रिजले नेपालमा स्विजरल्याण्ड सरकार र नागरिकले सहयोग गर्दै आएको बताउनुहुदै यसको निरन्तरता समेत रहने बताउनुभयो । नेपालमा पाएको सदभाव र इनरुवा नगरपालिकाको स्वागत सम्मानले कार्यक्रम प्रभावकारी भएको महसुस भएको बताउनुभयो । रिजले अनुगमनका क्रममा सेवाग्राही, परामर्शदाता, सरोकारबाला निकाय र स्थानीय तहका प्रमुखसंगको भेटघाट, छलफल र अन्तरकृयाले सामी कार्यक्रम निकै प्रभावकारी भएकाले यसलाई थप केही वर्षका लागि विस्तार गर्दै लाने बताउनुभयो ।

सुनसरीको इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारीले आफ्नै कार्यकगमा हेल्भेटासका अध्यक्ष रेगुला रिज सहितको टोलीलाई कार्यक्रमको अवधी बढाउन र थप सहयोग गर्न आग्रह गर्नुभयो । भण्डारीले पुल, भौतिक संरचना सहित सामीकै अरु थप कार्यक्रमका लागि पनि सहयोग गर्न हेल्भेटासका अध्यक्ष रिजलाई आग्रह गर्नुभयो । सामीका जिल्ला संयोजक धिरज भट्टराईले जिल्लामा संचालीत कार्यक्रमहरुको चरण र त्यसको उपलब्धी, सिकाई र अवसर तथा चुनौतीका बारेमा हेल्भेटासका अध्यक्ष रेगुला रिजलाई जानकारी गराउनुभएको थियो ।

हेल्भेटासका अध्यक्ष रेगुला रिजको टोलीमा रहनुभएका क्षेत्रीय प्रमुख लियोनल गईरन, नेपाल प्रमुख डा.प्रविन मानन्धर, आईटी संयोजक ओम खड्का, सामीका प्रदेश व्यवस्थापक कोपिला दाहाल र कार्यक्रम अधिकृत डीएन चौधरी सहितलाई इनरुवाका प्रमुख भण्डारीले स्वागत सम्मान गर्नुभएको थियो । त्यसैगरी हेल्भेटासका अध्यक्ष रेगुला रिजले जिल्ला प्रशासन कार्यालयमा रहेको परामर्श केन्द्रको समेत अनुगमन गर्नुभयो । उहाँलाई सुनसरीका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले समेत स्वागत गर्दै कार्यक्रमको प्रभावको बारेमा जानकारी गराउनुभएको थियो । टोलीले दुहवी, बराहक्षेत्र र इनरुवा नगरपालिकामा अनुगमन गरेको जनाएको छ । इनरुवामा प्रमुख प्रशासकिय अधिकृत अग्नी प्रसाद सापकोटा, सूचना अधिकृत निरज पोखरेल, पत्रकार जयकृष्ण यादव समेतको उपस्थिती रहेको थियो ।

१, सुनसरीको इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारीले नगरमा संचालित सुरक्षित आप्रसान कार्यक्रम सामीमा योगदान गरेको भन्दै स्विजरल्याण्डको ग्रिन पार्टीका अध्यक्ष तथा हेल्भेटासका अध्यक्ष रेगुला रिजलाई सम्मान गर्नुहुदै ।
तस्विर ः जयकृष्ण यादव । इनरुवा