भोक्राहा नरसिंह गाउँपालिका ७ को जनता माध्यमिक विद्यालयमा विद्यालय व्यवस्थापन समिति गठनको प्रयास सुरु
सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका ७ को जनता माध्यमिक विद्यालयमा विद्यालय व्यवस्थापन समिति गठनको प्रयास सुरु गरिएको छ । शैक्षिक सुधारको सवालमा सरोकारबालाहरुका बीचमा भएको शैक्षिक संवाद कार्यक्रममा सरोकारबालाहरुले विद्यालय व्यवस्थापन समिति गठनको प्रयासमा सबै लाग्ने प्रतिबद्धता जनाएकाले उत्साह पल्लाएको छ । विहीबार जनता माविमा सामाजिक परिवर्तन केन्द्र काण्डमाण्डौले आयोजना गरेको शैक्षिक सुधार सवालको संवाद कार्यक्रममा प्रधानाध्यापक सहित राजनितिक दलहरुले विद्यालय व्यवस्थापन समिति गठनको प्रकृया अगाडी बढाउने प्रतिबद्धता जनाउनुभएको छ ।

संवादमा भोक्राहा नरसिंह गाउँपालिका ६ का वडा अध्यक्ष सेराजुद्धिन अंसारीले विद्यालयहरुमा समग्र भौतिक पूर्वाधार सहित व्यवस्थापनका लागि महत्वपूर्ण मानिएको विद्यालय व्यवस्थापन समिति गठनको प्रयासमा आफूहरु लागेको बताउनुभएको छ ।
विद्यालयको आवश्यकता, अभिभावको माग र वडाबासीको हितलाई ध्यानमा राखेर जनता माध्यमिक विद्यालयमा स्तोरोन्नतीका लागि विद्यालय व्यवस्थापन समिति गठनको प्रयास सुरु गरिएको जानकारी दिनुभयो । वडा अध्यक्ष अंसारीले देशको विकासको मेरुदण्ड नै शिक्षा र स्वास्थ्य भएकाले आफूहरुको पहिलो प्राथमिकतामा शिक्षालाई राखेर काम गर्दै आएको बताउनुहुदै समिति गठन सहित विषयगत शिक्षकको व्यवस्था मिलाएर शैक्षिक सुधारका लागि प्रयासमा रहेको बताउनुभयो ।
यसैबीच जनता माध्यमिक विद्यालयमा विद्यालय व्यवस्थापन समिति गठनको प्रयोजनका लागि अबधविहारी साहको संयोजकत्वमा सर्वपक्षिय समन्वय समिति निर्माण गरिएको छ । सो समितिमा नेपाली काग्रेंसका कृपाराम मेहता, एमालेका हेमनारायण यादव, नेकपा एसका बच्चालाल यादव, नेकपा माओवादी केन्द्रका श्यामदेव यादव, जसपाका मनोज साह, पूर्व शिक्षक हरिलाल यादव, ब्रहमदेव साह, देवनारायण मण्डल, सञ्जाय यादव, दिपक मण्डल, राजेश्वर साह र हिरालाल उराँव रहनुभएको छ । समितिले शैक्षिक गुणस्तर सुधारका लागि अनुगमन समितिको रुपमा समेत सकृय भुमिकामा काम गर्ने जनाएको छ । उक्त विद्यालयको सर्वपक्षिय समन्वय समितिको सल्लाहकारमा बौवालाल यादव, सेराजुद्धिज अंसारी, फुलकुमारी साह र किसोरी मण्डल रहनुभएको छ ।विद्यालयका प्रधानाध्यापक जदुलाल साहले शैक्षिक सुधार र भौतिक पूर्वाधार सहित व्यवस्थापन पक्षका लागि विद्यालय व्यवस्थापन समिति आवश्यक भएको बताउनुभयो ।
