भोक्राहा नरसिंहमा सार्वजनिक सुनुवाई
इनरुवा, पुस ९ गते । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाले आफ्नो प्रथम चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । गाउँपालिकाले आर्थिक वर्ष ०८०÷०८१ को प्रथम चौमासिकमा सम्पादन गरेको र दोश्रो चौमासिकमा सुरु गरेका कामको प्रभावकारिताका बारेमा जानकारी दिदै सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको हो । गाउँपाकिलाले प्रगति विवरण तथा नागरिकको सन्तुष्टी, एजिट पोल, सिटिजन रिर्पोट तथा गुनासो सुनुवाई गर्ने उदेश्यका साथ सरोकारबालाहरुको उत्साहजनक उपस्थितीमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरिएको हो ।
भोक्राहा नरसिंह गाउँपालिका चिरौली, सुनसरीको आयोजना तथा जजन्युज मिडिया प्रा.ली. सुनसरीको सहजिकरणमा सम्पन्न भएको सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागीहरुले गाउँपालिकाको विकासका लागि साना भन्दा पनि ठूला योजनामा केन्द्रीत भएर लाग्न सुझाब दिएका छन । सहभागीहरुले गाउँपालिकाको सेवा प्रवाहको बारेमा गुनासो तथा विकास निर्माणका काम बारे प्रश्न, जिज्ञासा तथा सुझाब राखेका थिए भने भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष अजमल अख्तर आजादले उठेको सवालको जबाफ दिनुभएको थियो ।
जयकृष्ण यादवले सहजिकरण गर्नुभएको कार्यक्रमका सहभागीहरुले गाउँपालिकाको विकासका लागि पारर्दशिता तथा नजसहभागिता बढाउनुपर्ने सुझाब दिएका थिए ।








गाउँपालिकाले प्रत्येक वर्ष गरिएका योजना तथा प्रदान गरिएका सेवाको पादर्शीता सुनिश्चीत गर्नका लागी सार्वजनिक सुनुवाई गर्ने गरेको भोक्राहा नरसिंह गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुर्वण घिमिरेले बताउनुभयो ।
घिमिरेले आफ्नो प्रगति प्रतिवेदन प्रस्तुत गर्नुहुदै भौतिक पूर्वाधार तर्फ कालोपत्रे, सडकको स्तोरोन्नती, शिक्षा तर्फ तीन विद्यालयमा स्मार्ट डिजिटल बोर्डबाट पठनपाठन, खानेनापीका फिल्टर जडान, विद्यालयमा ई हाजिरि, डेक्स बेन्च, झ्याल ढोका मर्मत संभार, छात्राका लागि निशुल्क सेनिटरी प्याडको वितरण , विधालय र मदर्शामा कम्युटर उपल्बध गराउने काम भएको बताउनुभयो । घिमिरेले भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष अजमल अख्तर आजादको अध्यक्षतामा गाउँसभा तथा कार्यपालिकाको बैठकले पारित गरेको निणर्य अनुसार तीन विद्यालयमा भवन निर्माण, सुकुम्बासीलाई जग्गाका लागि १४४९ जना परिवारलाई निस्सा वितरण, मल कोटा अनुसार वितरण गरेको, सबै वडामा कृषि रोग किरा नियन्त्रण तालिम, आफ्नै कार्यालय भवनबाट सेवा संचालन गरिएको जानकारी दिनुभयो । कार्यक्रमका प्रमुख अतिथि संविधान सभा सदस्य सुर्यदेव दास उराँवले विकासको अनुभुती हुने गरि गाउँपालिकाले काम गर्दै आएको भन्दै प्रसंशा गर्नुभयो । उराँवले गाउँपालिकामा नयाँ जनप्रतिनिधि आएपछि बोलबतीदेखी सडक कालोपत्रेसम्मको काम, शिक्षामा शिक्षकको व्यवस्थापन देखी भौतिक पूर्वाधारसम्मको काम , स्वास्थ्यमा सबै वडामा स्वास्थ्य संस्थाको व्यवस्था, नरंिसह स्वास्थ्य चौकीमा प्रसुति गृह संचालनमा ल्याएको, निशुल्क औषधी वितरण गर्दै आएको, युवा स्वरोगारका लागि सयौलाई शिप र रोजगार प्रदान गरेको बताउनुभयो ।
नेपाली काग्रेसँ भोक्राहा नरसिंहका स्थानीय युवा नेता जमालुद्धिन मंसुरीले गाउँपालिकाको भवनको निर्माण कार्य सम्पन्न नहुदै किन नयाँ भवनमा सारेको ? सार्वजनिक सुनुवाईमा जनसहभागीता कम किन भएको ? पोलबती लगाएको तर नबलेको गुनासो गर्नुभयो ।
कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष सुनिता उराँवले स्वागत मनत्वय सहित सुशासनका लागि नियमित रुपमा सार्वजनिक सुनुवाई गर्दै आएको बताउनुभयो ।
भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष लक्ष्मण मेहताले विकासमा साझेदारी र समन्वय आवश्यक रहेको बताउनु्भयो ।

भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष आलम अंसारीले केही वडा कार्यालय आफ्नै भवनमा संचालन भएको, विकासका लागि सडक निर्माण गर्ने गरि आठ किलोमिटर सडकको ठेक्का प्रकृया अगाडि बढाएको, ४०० पोलवती जडान गरेको बताउनु्भयो ।
गाउँपालिका ३ नम्बर वडाध्यक्ष धिरेन्द्रकुमार यादवले भौतिक विकास सहित युवा र बालबालिकाहरुका लागि खेलकुद र सचेतनामुलक कार्यक्रम गर्दै आएको बताउनुभयो ।
कार्यक्रममा नेकपा एमालेका गाउँ कमिटि अध्यक्ष हेमनारायण मण्डलले विगतको भन्दा बढी किकास भएको धन्यवाद दिनुहुदै विकासमा समानुपातिक समेत हेर्नुपर्ने सुझाव दिनुभयो । म(डलले एविट पोल र सिटिजन रिर्पोटमा थप निष्पक्षता हुनुपर्ने र गुणस्तरका लागि अनुमगन हुनुपर्नेमा जोड दिनुभयो ।
नेकपा माओवादी केन्द्रका गाउँ कमिटि अध्यक्ष श्यामदेव यादवले भोक्रहा नरसिंह ७ को कालीथान मन्दिरमा बजेट कटौती किन गरेको भन्दै प्रतिप्रश्न गर्नुभयो । यादवले कर्मचारीहरुको अनुशासनको कमीलाई औल्याउनुहुदै चिया गफ र मोवाईल खेलाउने कार्यमा रोक लगाउनुपर्ने र अनुगमन गर्नुपर्ने बताउनुभयो ।
सहभागी तजमुल मियाँले भोक्रहा नरसिंह ४ को सडकमा पोलवतीमा विभेद गरेको गुनासो गर्नुभयो । आफूलाई गाउँमा जनप्रतिनिधिहरुले साही कुरा गर्दा फेसबुके र विकास विरोधी भएर आरोप लगाएको भन्दै यस्तो किन गरेको भन्दै प्रतिप्रश्न गर्नुभयो । उहाँले विरामी हनिफ मियाँको उपचारमा गाउँपालिका उदासिन भएको अरोप लगाउनुभयो ।
भोक्रहा नरसिंह ७ को श्री आधारभुत विद्यालयका प्रधानाध्यापक रामानन्द मेहताले विधालयको अनुगमन गरेपछि लागनी समेत गर्नुपर्ने सुझाव दिनुभयो । मेहताले आफ्नो विद्यलायमा २३० जना विधार्थी भएपनि भवन र फर्निचर अभाव भएको गुनासो गर्नुहुदै आपुर्तीका लागि माग गर्नुभयो ।
जनमत पार्टीका नेता देवराम मधेसीले तुलनात्मक रुपमा जनप्रतिनिधिहरुले राम्रो काम गरेको भन्दै प्रसंशा गर्नुभयो । युवा हैदर अलिले गाउँपालिकाको स्कुटीको दर्ता र दुरुपयोगका बारेमा प्रश्न राख्नुभएको थियो । सबै सवालहरुलाई सम्बोधन गर्दै काम गर्दै जाने र केही सुझावहरुलाई ग्रहण गर्दै अगामि योजना तथा कार्यक्रमहरुमा राख्दै जाने प्रमुख प्रशासकिय अधिकृत सुवर्ण घिमिरेले बताउनुभयो ।
भोक्रहा नरसिंह ६ को जनता आधारभुत विद्यालय व्यवस्थापन समिति अध्यक्ष सतार अंसारीले वडा वडामा रहेको हेल्प डेस्कलाई सकृय बनाउनुपर्ने, शिक्षामा लगानी र अनुगमन प्रभावकारी गर्नुपर्ने, वडाका जनप्रतिनिधिहरु वडामा बस्नुपर्ने, शिक्षकहरुलाई तालिम दिनुपर्ने, वेवसाईडमा मात्रै राखेर नभई पत्राचार र माईकिगंमा जोड दिनुपर्ने सुझाव दिनुभयो । शिक्षा अधिकृतलाई जिम्मेबार बनाउनुपर्ने, सुचना अधिकारीलाई अवडेट सहित सूचना नियमित प्रवाह गर्न लगाउनुपर्नेमा किन नगरेको भन्दै प्रतिप्रश्न गर्नुभयो ।
वडा नम्बर ४ का वडाध्यक्ष हारुण अंसारीले विगतको तुलनामा विकासको लहर गाउँटोलमा बढ्दो क्रममा रहेको बताउनुभयो । कार्यक्रममा वडा नम्बर ५ का वडाध्यक्ष हबिव मंसुरी, वडा नम्बर ६ का वडाध्यक्ष सेराजुद्धिन अंसारी, वडा नं.७ का वडाध्यक्ष बौवालाल यादव, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य अमर खड्का, नेपाल पत्रकार महासंघ सुनसरीका जिल्ला सदस्य दिपेन्द्र यादव, नेपाली काग्रेसँ भोक्राहा नरसिंह गाउँ एकाई सभापति युवराज दाहाल, नेकपा एमालेका गाउँ कमिटि अध्यक्ष हेमनारायण मण्डल, नेकपा माओवादी केन्द्रका गाउँ कमिटि अध्यक्ष श्यामदेव यादव, नेकपा नेकपा एकिकृत समाजवादी गाउँ कमिटिका अध्यक्ष चन्दन मेहता, जनमत पार्टीका नेता देवराम मधेसी लगायतका नेता तथा जनप्रतिनिधी, स्थानीय सुरक्षाकर्मी तथा सरोकारवालाका साथै स्थानीयबासीहरुको उपस्थिती रहेको थियो ।

१, भोक्राहा नरसिंह गाउँपालिकामा आयोजना गरेको सार्वजनिक कार्यक्रमका सहभागीहरु ।
तस्विर ः जयकृष्ण यादव । इनरुवा
