बालमैत्री स्थानीय शासनबारेमा अन्तरकृया कार्यक्रम
सुनसरीको गढी गाउँपालिका ५ को सामुदायिक विद्यालयहरुमा बालमैत्री स्थानीय शासनबारेमा अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ । गढी गाउँपालिका ५ सतैरझोराको आयोजनामा गाउँपालिकाको बालमैत्री स्थानीय शासनका बारेमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा जनता आधारभुत विद्यालयका प्रधानाध्यापक ओमनारायण यादवले बालमैत्री विधालय निर्माणका लागि नीतिगत रुपमा बालबालिकाका लागि व्यवस्था गरिएको बताउनुभयो । खाजा कार्यक्रम मार्फत पोषणको व्यवस्था, अपाङ्गता भएका बालबालिकालाई अध्ययन गर्न पाउने व्यवस्था तथा सबै लक्षित वर्गका बालबालिकाहरुका लागि सचेतनामुलक कार्यक्रम साप्ताहिक कार्यक्रम गरेको बताउनभयो ।













श्री आधारभुत विद्यालयका बालमैत्री स्थानीय शासनबारेमा अन्तरकृया कार्यक्रम
श्री आधारभुत विद्यालयका प्रधानाध्याक जगनारायण यादवले बालबालिकाको क्षमता अभिवृद्धिका लागि समेत काम गरिरहेको बताउनु भयो । गंगा आधारभुत विद्यालयका प्रधानाध्यापक ज्ञानेन्द्र यादवले भौतिक विकासले मात्र प्राथमिकता पाइरहेको भन्दै बालमैत्री कार्यक्रम सञ्चालनमा कमीकमजोरी भएकाले बालमैत्री विद्यालय , वडा र पालिका निर्माणका लागि प्रतिवद्धता व्यक्त गर्नुभयो । बाल अधिकार सुनिश्चित भएमात्र दिगो विकास लक्ष्यमा पुग्न सकिने उहाँले बताउनुभयो ।
