जिल्ला प्रहरी कार्यालय सुनसरीमा लागु औषध नियन्त्रण तथा रोकथाममा सहयोग र लागु पदार्थ दुव्र्यसन विरुद्धको कार्यक्रम सञ्चालन गर्ने अभियानमा सचेतना मुलक कार्यक्रम गर्ने विषयमा छलफल भएको छ । लागु पदार्थ दुव्र्यसन विरुद्धको अभियान(फ्यान क्लव) को तोस्रो बैठकले पहिलो चरणमा जिल्लामा १२ वटै स्थानीय तहका प्रमुख तथा अध्यक्षहरु, शिक्षा शाखा प्रमुख एवम् लागु पदार्थ दुव्र्यसन विरुद्धको अभियानका पालिका फोकल पर्सन, प्रहरीका स्थानीय फोकल पर्सन सहित सरोकारबालाहरु बीचमा कार्यक्रम गर्ने र त्यसपछि गाउँपालिका वडा हुदै विद्यालयहरुमा सचेतना मुलक कार्यक्रम सञ्चालन गर्ने निणर्य गरेको छ । बैठकमा सम्बोधन गर्नुहुदै लागु पदार्थ दुव्र्यसन विरुद्धको अभियानका मुख्य संरक्षक एवम् प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले अभियानमा व्यक्ति, परिवार, समाज र सरोकारबालाहरुलाई जिम्मेबार बनाउनुपर्ने बताउनुभयो । लागु औषध दुव्र्यसन गर्नेहरुलाई स्वयम यो हानिकारक रहेको बुझनुपर्ने र फसेकाहरुलाई बुझाउनुपर्ने, परिवारका सदस्यहरुले लागु औषध प्रयोग गरिरहेको छ भने त्यसमा निगरानी बढाउनुपर्ने बताउनुभयो । त्यसैगरी प्रहरी उपरीक्षक विपिन रेग्मीले हामी सबैले मिलेर यो लागु पदार्थ दुव्र्यसन विरुद्धको अभियानलाई सफल पार्नुपर्ने र कलिला बालबालिकाहरुलाई समयमा सचेतना मुलक कार्यक्रम मार्फत कुलतबाट बचाउनुपर्नेमा जोड दिनुभयो । बैठकमा कार्यक्रमका उदेश्य माथि प्रहरी उपरीक्षक नविनकृष्ण भण्डारीले प्रकाश पार्नुभएको थियो । भने अन्य कार्यक्रमको प्रारुपका बारेमा रोमा रिजालले प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा लागु पदार्थ दुव्र्यसन विरुद्धको अभियानका सल्लाहकार रमेश भट्टराई, जयकृष्ण यादव सहित समितका सहसंयोजक अधिवक्ता कृष्ण प्रसाद दाहाल, सदस्य तोया गिरी, विनिता दाहाल, बिमला घिमिरे, रविन घिमिरे, लागु पदार्थ दुव्र्यसन विरुद्धको अभियानका सबै स्थानीय तहका फोकल पर्सन, प्रहरीका स्थानीय फोकल पर्सन सहित सरोकारबालाहरुको उपस्थिती रहेको थियो ।


सचेतनाका लागि
लागु पदार्थ भनेको के हो ?
मानिसमा लत सिर्जना गरी दुर्व्यसनी तुल्याउने वस्तु वा पदार्थ लागु पदार्थ वा औषध हो । सामान्यतया शारीरिक र मानसिक स्वास्थ्य, चेतना र अनुभूतिलाई विकृत तुल्याउने पदार्थलाई लागु पदार्थ भनिन्छ ।यस्ता पदार्थले मानिसको केन्द्रिय स्नायू प्रणालीमा प्रभाव पार्नुका साथै उसको भावना र सोचाईमा परिवर्तन ल्याउँदछ ।
कानूनद्वारा निषेधित गाँजा अफिम हिरोइन मर्फिन कोकिन आदि अवैध लागु औषध हो भने सूर्तिजन्य पदार्थ र मदिरा कानूनद्वारा नियन्त्रित लागु पदार्थ हो । विश्व स्वास्थ्य संगठनले लागु पदार्थलाई स्वस्थ शरिरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनि परिभाषित गरेको छ।
लागु औषध नियन्त्रण ऐन २०३३ को दफा ३ मा लागु औषधलाई गाँजा सहितलाई परिभाषित गरेको छ ।
औषधोपयोगी गाँजा, अफिम, तैयारीको अफिम, औषधोपयोगि अफिम, कोकाको झार र पात र अफिम तथा कोककाको सारतत्व मिश्रण वा लवण समेत मिलाई तयार गरिने कुनै पदार्थ ।
नेपाल सरकारले समय समयमा नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तोकिदिएका प्राकर्तिक वा कृत्रिम लागु औषध तथा मनोदिपक पदार्थ (साइकोट्रपिक्स सब्स्टान्स) र तिनको लवणहरू तथा अन्य पदार्थ समेत सम्झनु पर्दछ भनि परिभाषित गरिएको छ ।
लागु औषध कति प्रकारका हुन्छन् ?
मुख्य गरेर लागु पदार्थहरूलाई दुई भागमा बिभाजन गरिएको छ ।

प्राकृतिक लागु पदार्थः– प्राकृतिक रुपमा उम्रने वा मानिसद्धारा उत्पादित पदार्थहरू जस्तै– गाजा, चरेस, भाङ्ग, धतुरो, अफिम, रक्सी, आदिलाई प्राकृतिक लागु पदार्थ भनिन्छ ।
औषधि जन्य लागु पदार्थः– मानव जीवन रक्षाको लागि निर्मित औषधिजन्य पदार्थहरू जसलाई चिकित्सकको सल्लाह विपरित नशा लिनको लागि प्रयोग गर्दछन् त्यसलाई औषधिजन्य लागु पदार्थ भनिन्छ । जस्तैः– नाइट्रोसन, नाइट्रोभ्याट, प्रोक्सीभोन,, नोर्फिन, कोडिन, कोरेक्स, फेन्सीडिल, फेनकोडिन नो–कफ आदि ।नेपाल लागु औषध प्रयोगकर्ता सर्वेक्षण द्दण्ठट का अनुसार लागु औषध दुर्व्यसनका कारणहरू देहाय अनुसारका रहेको पाइयोः

साथीसँगीको दबाब
मनोरञ्जनका लागि
उत्सुकता
खुसी हुन
मानसिक तनाव
पारिवारीक समस्या
डिप्रेसन
पढाईमा समस्या