सनसरी सदरमुकाम इनरुवामा महिला अधिकारकर्मीहरुको छाता सांस्था महिला मानव अधिकार रक्षक सञ्जालको बार्षिक उत्सव सम्पन्न भएको छ । जिल्लाभरीका महिला मानवअधिकार रक्षकहरुको उपस्थितीमा बार्षिक सधारण सभा सम्पन्न भएको हो । मानवअधिकार, बालअधिकार सहित महिला अधिकारको पक्षमा वकालत र पैरवी गर्ने महिला मानव अधिकार रक्षक सञ्जालले अन्तरकृयात्म कार्यक्रम गर्दै आफ्नो बार्षिक उत्सव मनाएको हो ।

महिला मानव अधिकार रक्षक सञ्जालको बार्षिक सधारण सभा इनरुवा नगरपाकिलाका उपप्रमुख विनिताकुमारी मेहताको प्रमुख आथित्यता तथा सञ्जालको अध्यक्ष सहजादी प्रविणको अध्यक्षतामा सम्पन्न भएको सचिव विनिता दाहालले जानकारी दिनुभयो ।

कार्यक्रममा मानव अधिकार सञ्जालका संयोजक रमेश भट्टराई, इन्सेक प्रतिनिधि जयकृष्ण यादव, अधिकारकर्मी सरिता घिमिरे कार्की, कमला खत्वे, सकुन्तला भण्डारी सहितको उपस्थिती रहेको थियो ।