अनिल श्रेष्ठ । इनरुवा

इनरुवा, पुस १४ गते । सुनसरीको सदरमुकाम इनरुवामा उराँव लोक साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । कुडुख.(उराँव) भाषा, कला संस्कृति र संस्कारलाई संरक्षण गर्ने उदेश्यका साथ स्थानीय नेपाल उराँव आदिवासी जनजाती प्रतिगठान सुनसरीको आयोजना तथा कुडुख संगीत समूह इनरुवा, सुनसरीको सह आयोजनामा उराँव लोक साँस्कृतिक कार्यक्रम सम्पन्न भएको हो ।

जिल्लाभरीका ५० समूहमा ८० वटा कला, कौशल र पहिरण , बाजागाजाँ सहित प्रस्तुति गर्दै उराँव लोक साँस्कृतिक कार्यक्रम सम्पन्न भएको आयोजक संस्थाका सम्पतलाल उराँवले जानकारी दिनुभयो ।

सनिबार समपन्न भएको उराँव लोक साँस्कृतिक कार्यक्रममा २०० जना उराँव समुदायका युवा, विधार्थी, कलाकार , प्रतियोगि र बौद्धिक वर्गको सहभागिता रहेको थियो । कार्यक्रम प्रतिगठानका अध्यक्ष बेचन उराँवको अध्यक्षतामा सम्पन्न भएको जनााएको छ । कार्यक्रमको उद्घाटन सत्रमा कोशी प्रदेश चलचित्र संघका अध्यक्ष अरुण प्रधाना, उराँव समुदायका अगुवाहरु, भाषा विज्ञहरुको उपस्थिती रहेको अध्यक्ष उराँवले बताउनुभयो । सुनसरी जिल्ला सहित अन्य ठाउँका उराँव कथाकार, साहित्यकार र भाषा विज्ञले उराँव लोक साँस्कृतिक प्रस्तुति तथा अबलोक गर्दै कार्यक्रम सम्पन्न गरिएको बताइएको छ ।