सुरेन्द्र मेहता । नरसिंह

इनरुवा, पुस १४ गते । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा नेपाली काङ्ग्रेस सुनसरीको आयोजानमा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । पार्टीले भोक्राहा नरसिंह ४ स्थित स्टार होटलको सभा हलमा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो । नेपाली काङ्ग्रेसले आयोजनामा भएको प्रशिक्षण कार्यक्रममा पार्टीको स्थापनाको बारेमा, नाम काङ्ग्रेस नै किन राखियो ? । चुनाव चिन्ह रुख किन राख्यो ? । झण्डा चार तारा किन ?, जय नेपालको प्रयोग लगायतका विषयमा सहभागीहरुलाई जानकारी दिएको जनाएको छ । प्रशिक्षक सन्तोष रोनियारले सहभागीहरुलाई पार्टीको उदेश्य सहित असल पार्टीको कार्यकर्ता कसरी बन्ने भन्ने बारेमा प्रशिक्षण दिनुभएको थियो ।

प्रशिक्षण कार्यक्रममा नेपाली काङ्ग्रेसका संस्थापनक सहित महामानव विपि कोइरालाले पार्टीमा गर्नुभएको योगदान र राणासङ्ग लडेको अर्थात क्रान्तिका क्रममा २००७ सालको प्रजातान्त्रकालको बारेमा प्रस्ट पार्नुका साथै परिवारको योगदानको बारेमा प्रशिक्षक डा.आनन्द आचार्यले प्रशिक्षण दिनुभएको थियो । कार्यक्रममा नेपालकै इतिहासमा प्रथम निर्वाचित प्रधानमन्त्री विपि कोइरालाको जिवनिको बारेमा प्रष्ट पार्नुभएको कार्यक्रमका प्रमुख अथिति जिल्ला उपसभापती पंकज महतोले बताउनुभयो । महतोका अनुसार भोक्राहा नरसिंह, हरिनगर र इनरुवाका वडा सभापति सहित एक महिला, एक अन्य र प्रदेश पदाधिकारीहरुको साथै भोक्राहा नरसिंह गाउँपालिका अध्यक्ष अजल अख्तर अजादको सहभागीतामा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको थियो ।