विद्यालय व्यवस्थापन समिति महासंघ हरिनगर अध्यक्षमा मुखिया
अनिल श्रेष्ठ । इनरुवा
सुनसरीको हरिनगर गाउँपालिकामा सामुदायिक विद्यालयहरुका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा सरोकारबालाहरुको उपस्थितीमा सम्मेलन सम्पन्न भएको छ । सम्पन्न भएको सम्मेलनबाट विद्यालय व्यवस्थापन समिति महासंघ हरिनगर अध्यक्षमा युवक मुखिया चयन हुनुभएको छ । मुखियाको अध्यक्षतामा गठन भएको महासंघको हरिनगर उपाध्यक्षमा तरानन्द मेहता, सचिवमा जुग्नु उराँव, उप सचिवमा अख्तर मियाँ, कोषाध्यक्षमा रमेशकुमार मेहता चयन हुनुभएको छ । त्यसैगरी सदस्यहरुमा सिकमलाल यादव, विश्वनाथ मेहता, पानालाल मण्डल र कृष्णप्रसाद देव चयन हुनुभएको छ ।



अध्यक्ष मुखियाले एक हप्ताभित्रै बैठक राखेर शैक्षिक सुधार अभियानमा लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।






सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ कोशी प्रदेश सचिव हरिबहादुर कार्की र महासंघका इनरुवा अध्यक्ष जयकृष्ण यादवको उपस्थिती तथा हरिनगर शिक्षा शाखा प्रमुख बाबा ठाकुरी रिजालको प्रमुख आथित्यतामा सम्मेलन सम्पन्न भएको थियो । अध्यक्ष मुखियालाई विद्यालय व्यवस्थापन समिति महासंघको तर्फबाट कार्की र यादव सहित हरिनगर गाउँपालिकाका प्रधानाध्यापक र शिक्षकहरुको तर्फबाट अजितकुमार मल्लिक सहितले बधाई दिनुभयो । सम्मेलनको समन्वय र सहयोग गर्नुहुने हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अंसारीलाई समेत महासंघले धन्यवाद ज्ञापन गरेको अथिति सहजकर्ता जयकृष्ण यादवले बताउनुभयो ।
