चोरी तथा डाँका मुद्दाका तीनजना फरार पक्राउ
इनरुवा, पुस २३ गते । सुनसरीमा चोरी तथा डाँका मुद्दामा सजाय पाएको तर फरार रहेका मध्ये तीन जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दुहवीले दुहवी नगरपालिका वडा नंम्बर १० बुद्धचौका प्रमोदकुमार मण्डल, दुहवी २ विरगाउँका ४४ वर्षिय उमेश उराँव र बुद्धलाल उराँवलाई पक्राउ गरेको हो ।
प्रहरीले दुहवी नपा वडा नं. २ विरगाउँबाट ५ वर्ष कैद भएका डाँका मुद्दाका प्रतिवादीहरु उमेश उराँव, बुद्धलाल उराँव र प्रमोद कुमार मण्डललाई अदालतको फैसला कार्यान्वनको लागि सुनसरी जिल्ला अदालतमा उपस्थित गराईएकोमा प्रतिवादीहरूलाई झुम्का कारागार पठाएको जनाएको छ । सुनसरी जिल्ला अदालतबाट फरार घोषित तीन महिना कैद र सात हजार जरिवाना हुने फैसला भई फरार रहेका चोरी मुद्दाका फरार प्रतिवादी प्रमोद कुमार मण्डल सहित तीनैजनालाई घरैबाट पक्राउ गरेको छ ।
